नमस्कार ! मेरो नाम आशिष तामाङ हो। म कक्षा पाँचमा पढ्छु। मेरो विद्यालयको नाम वाणी विलास माध्यमिक विद्यालय हो। म आज धुपौरोको बारेमा लेख्न जाँदै छु। यो माटोको बनेको हो । यसमा धूप बाल्न सकिन्छ र यसमा पूजा गर्न सकिन्छ । यसको आकार दियो जस्तो हुन्छ । यो घरमा पूजा गर्न पनि प्रयोग गरिन्थ्यो । यो प्राचीन कालमा प्रयोग हुन्थ्यो ।यसलाई रातो माटो बाट बनाइन्छ । यो अहिले कम मात्रामा पाइन्छ । यो गाउँमा पनि कम मात्रामा पाइन्छ । यसमा धुवाँ दिँदा आगो लाग्दैन। यसलाई धरै ठोक्नु हुँदैन । यसलाई तामाङ भाषामा धुपौरो नै भनिछ ।
धुपौरोको कथा
एकादेशमा राम भन्ने एउटा बालक थियो । उसको जाडोको बिदामा मामा घर जाने निर्णय गर्यो । मामाको घरमा गयो । मामाको घरमा माइजूले धूप धुवाँ गर्दै हुनुन्थ्यो । रामले कहिले पनि यस्तो देखेको थिएन । माइजूलाई सोध्यो यो के हो भनेर ।
माइजूले भन्नुभयो यसको नाम धुपौरो हो । यसले पूजामा प्रयोग हुन्छ । यसरी धूप बाल्ने । अनि यो माटोले बनेको हुन्छ ।यसको आकार कचौरा र कप अनि दियो जस्तो हुन्छ देखाउँदै भन्नु भयो | रामलाई यो कुरा सुनेर झन् कुरा बुझ्न मन लाग्यो र भन्यो
राम : माइजू यसको प्रयोग कसरी हुन्छ ?
माइजू :भान्जा यसको प्रयोग मुख जुठो नगरी पूजा आज गर्दा उपयोग गर्नुपर्छ । मन लगाएर र आँखा चिम्लेर सुख शान्तिको कामना गर्नुपर्छ । भगवान् खुसी हुनुहुन्छ भन्नु भयो ।
राम : माइजू यो फुट्छ कि फुट्दैन ?
माइजू :भान्जा यो माटोको हो त्यसैले यस लाई जोगाएर राख्नुपर्छ ।
राम : माइजू तपाईँसँग धरै कुराहरू सिके ।
माइजू: भान्जा तपाईँलाई केही कुरा सिकाउन पाउँदा खुसी लाग्यो भन्दै माइजूले रामलाई मिठो खानाको लागि भान्सा कोठा तिर लैजानु भयो । राम धेरै खुसी भयो । धन्यवाद ।