नमस्ते, मेरो नामक सजिना राई हो। म कक्षा सातमा पढ्छु। मेरो विद्यालयको नाम वाणी विलास माध्यमिक विद्यालय हो। आज म हजुरहरूलाई चकटीको बारेमा भन्न जाँदै छु।
परम्परागत रूपमा ग्रामीण महिलाहरूले मकैको खोस्टा पराल बाबियो आदिबाट बनाइने सामग्रीलाई चकटी भनिन्छ। चकटी गोलो प्रकारको हुन्छ । चकटी मानिसहरूले बस्नका लागि प्रयोग गरिन्छ । चकटी मानिसहरूले सजाउनको लागि पनि प्रयोग गर्छन्। चकटी नेवारहरूले भोजका लागि प्रयोग गर्छन्। चकटी व्यापार गरेर मानिसहरूले पैसा पनि कमाउँछन्। प्राकृतिक रूपमै उपलब्ध सामग्रीहरूको प्रयोग थोरै सिप भएका व्यक्तिहरूबाट पनि काम सम्पन्न हुने भएकोले यस्ता सामग्रीहरू महत्त्व छ।
अब म परियोजना कार्य अन्तर्गत चकटीलाई पाँच वटा नेपाली अङ्ग्रेजी सामाजिक विज्ञान गणित विषयसँग जोड्न चाहन्छु।
नेपाली विषय अन्तर्गत: चकटी नाम हो। यो एकवचन हो। यो निर्जीव पनि हो। नेपालीमा हामी कथा अनुच्छेद कविता निबन्ध लेख्न सक्छौ। तर म त्यो मध्यमा आत्मा परक लेख्न चाहन्छु।
म चकटी हो। म गोलो आकारको छु । मानिसहरूले मलाई बस्नको निम्ति प्रयोग गर्छन्। म प्राचीनकादेखि चली आएको छु। म नाम भएकाले म नाम वाचक शब्द हो। मलाई खोस्टाबाट बनाउँछन्। धन्यवाद
अब म अङ्ग्रेजी विषयसँग जोड्न चाहन्छु। यो noun हो। यो singular छ। यो non living things हो।
It is a mat. It is used for sitting . It is made of straw. It's shape is circle. यसलाई (It) भनेर pronoun गरिन्छ । It is make our grandfather grandmother mom and dad.
अब म गणित सँग जोड्न चाहन्छु: चकटी गोलो आकार को हुन्छ। यो वृत्त जस्तै भएकाले यसको क्षेत्रफल पनि निकाल्न सकिन्छ। उदाहरण यदि चकटीको व्यास १ मिटर छ भने क्षेत्रफलको सूत्र Area x ( r) 2 आयतनको सूत्र volume= Area x Height सूत्र प्रयोग गरी यसको क्षेत्रफल निकाल्न सकिन्छ ।
अब म विज्ञानसँग जोड्न चाहन्छु: चकटी एउटा सरल यन्त्र हो। चकटी ताप प्रसारण हुने भएकाले यसमा बस्दा भुईँमा जस्तै चिसो हुँदैन। यसले हाम्रो शरीर जमिनमा प्रभाव हुन दिँदैन साथै यसमा भएको नरम पनले शरीरलाई आघात पुग्नबाट पनि बचाउँछ।
चकटीलाई विभिन्न भाषामा फरक फरक नामले चिनिन्छ जस्तै थारु भाषामा सुम्पा नेवारीमा चाक्ला सुक अङ्ग्रेजीमा chakati मैथिलीमा बैठकी जस्ता नामले चिनिन्छन् । यस्ता आधुनिक सामग्रीहरू सके सम्म हामीले हराउन हुनु दिनु हुँदैन।
अब म सामाजिकसँग जोड्न चाहन्छु: यो सामाजिक परम्परागत पर्दछ । यसले हाम्रो धर्म संस्कृति मूल्य मान्यता जनाउँछ। चकटी नेपाली मौलिक सामग्री हो। यसले हाम्रो परम्परागत ज्ञान र सीपलाई चिनाउँछ। यसको प्रयोग पाउनलाई स्वागत संस्कार गर्ने पनि सहयोग गर्छ। आफ्नै खेतबारीको मकैको खोस्टा आफ्नै पुर्खाबाट सिकेको सिप प्रयोग गरेर कलात्मक चकटी बनाइन्छ यसले नेपाली मौलिक कला र संस्कृतिको पहिचान गराउँछ र बचाउन मद्दत गर्छ।
यसरी मैले चाहिँ सबै विषयसँग जोडे । यो परियोजना कार्य गर्दा मलाई धेरै खुसी लाग्यो र मैले धेरै कुरा सिके। जस्तै चकटी मकैको बोक्राको सुकेको पातबाट बनाइने परम्परागत नेपाली कला हो। मानिसहरूले सुकेका पातहरू निकाल्छन् र तिनीहरूलाई बलियो र टिकाउ बनाउन पानीमा भिजाउँछन् चकटी विभिन्न संस्कृतिका लागि प्रयोग गरिन्छ । धन्यवाद ।