प्याङ

नमस्कार ! मेरो नाम अनुष्का महर्जन हो । म कक्षा ५ मा पढ्छु । मेरो विद्यालयको नाम वाणी विलास माध्यमिक विद्यालय हो । म प्याङको बारेमा लेखन लागेको छु । म नेपाली , अङ्ग्रेजी, सामाजिक, विज्ञान र गणित विषयसँग जोडेर लेखन लागेको छु ।

पहिले म नेपालीबाट लेखन लागेको छु । प्याङ बाँसबाट बनेको साधन हो । यसले चामल वा अरू समानहरू जोख्न सजिलो हुन्छ । प्याङ अहिले पनि गाउँ घरमा सामान जोख्न प्रयोग हुन्छ । प्राचीन समयमा यसको प्रयोग धेरै जस्तो हुन्थ्यो । प्याङ प्याङ्गगाउँमा धेरै जस्तो प्रयोग गरिन्छ ।

प्याङको कथा

एका देशमा एक जना सुनबहादुर गरेका एउटा बुढा व्यक्ति थियो । उहाँ धेरै गरिब हुनुहुन्थ्यो। उहाँ जहिले पनि बाँसहरू काटेर केही सामान बनाई रहेका हुन्थे र एक दिनको कुरा हो। एक जना व्यक्ति आएर भन्यो तपाईँले यो के भनाउनु भएको ? त्यस समयमा मानिसहरूले प्याङ भनेको थाहा थिएन। हजुरबुबाले प्याङ हो भन्नुभयो। तपाईँले प्याङ बनाउनु हुन्छ। तपाई अब देखि प्याङ बनाउनु होस्। त्यस दिन देखि सुनबहादुरले प्याङ बनाउन थाल्यो। त्यस समयदेखि मानिसले चामल तथा अन्य चिजहरू प्याङमा राख्छन्। अनि त्यो दिन देखि प्याङ यस देशमा प्रचलित भयो।अब म सामाजिकबाट लेखन लागेको छु।

सामाजिक : प्याङ प्राचीन समय देखि चलिआएको साधन हो । प्याङ बाँसको चोयाबाट बनिएको साधन हो। प्याङ पहिले प्याङ्गगाउँमा बनाएको साधन हो। प्याङ नेवारी समुदायमा धेरै प्रयोग हुन्छ। प्याङ चामल जोख्न वा विभिन्न सामानहरू जोख्न प्रयोग हुन्छ।

अब म अङ्ग्रेजीबाट लेख्न लागेको छु।

English: A pyang is made by bamboos. Pyang is used for the measurement of different kinds of grains in Nepal. Pyang is mostly used in Pyangaun. Pyang is mostly used in newari culture. Pyang is circle shape.

 धन्यवाद !

परियोजना शिक्षक

Pramila Ghimire

सामाजिक

२०८१-०९-१६

सम्बन्धित पाेस्ट