मेरो नाम रिगिना नगरकोटी हो। म कक्षा ८ मा पढ्छु। मेरो विद्यालयको नाम वाणी विलास माध्यमिक विद्यालय हो। म आज दियोको बारे परियोजना प्रस्तुत गर्छु ।
दियो प्राचीन कालदेखि नै चली आएको हो। दियो रातो माटो र पानीले मुछेर बनाइन्थ्यो। नेपाल र इन्डियामा धेरै प्रचलित छ। यस दियो दसैँ तिहार र छठजस्ता चाडपर्वलाई धेरै प्रयोग हुन्छ। दियो पहिले देखि प्रचलित छ। दियो पहिलोको समयमा बातीको अन्तर्गत थियो। दियो विभिन्न ठाउँमा प्रयोग हुन्छ, जस्तै मन्दिर घर आदि ठाउँमा प्रयोग हुन्छ। दियोमा तेल र काँचो धागोको प्रयोग गरिन्छ।
दियो भलाइ, शुद्धता, सौभाग्य र ज्ञानको प्रतिनिधित्व गर्दछ। अवसरको आधारमा शुद्ध कपासको भाँडोमा विभिन्न किसिमका तेल जलाउने गरिन्छ र दियोमा रहेको तेलले हाम्रो नकारात्मक प्रवृत्ति (लोभ, ईर्ष्या, घृणा र अहङ्कार) लाई प्रतिनिधित्व गर्दछ, जसरी तेल जलेको छ त्यसले हाम्रो नकारात्मक प्रवृत्तिलाई हटाउने काम गर्छ।
दियो बत्तीलाई हाम्रो समुदायमा विभिन्न नामले चिनिन्छ । नेपाली भाषामा यो दियो बत्ती हो । अङ्ग्रेजी भाषामा Light भनिन्छ । नेवारी, तामाङ, थारु, उर्दु, मगर भाषामा यसलाई दियो नै भनिन्छ । भोजपुरी र मैथिली भाषामा दिया भनिने रहेछ । यो कुरा विद्यालयमा हुनुभएका साथी, दाइ दिदीलाई सोधेर पत्ता लगाएको हुँ ।
अब म नेपाली विषयसँग जोडेर वर्णन गर्न जाँदै छु। दियो नामवाचक शब्द हो । दियोबाट नेपालीमा धेरै कुरा अध्ययन गर्न सकिन्छ । म दियोको बारेमा सानो कथा लेख्न गइरहेको छु ।
एका देशमा एउटा सानो गाउँ थियो। त्यो गाउँ मा धेरै पानी परेको कारणले बिजुली जान्थ्यो । उनीहरू दियोको साहा राले बस्ने गर्दथे। एक दिन एक्कासि पानी रोक्यो। लगातार दुई दिन सम्म पानी नै परेन । त्यस पछि एक्कासि एकदमै ठुलो पानी पर्यो जसले गर्दा खेरि गाउँमा धेरै क्षति भयो। त्यस पछि गाउँमा बाढी पहिरोले बगायो। दियोको सहाराले मानिसहरू बारीमा रात बिताउन बाध्य भए ।
अब म अङ्ग्रेजी विषयसँग जोडेर परियोजना गर्दै छु । दियोको बारेमा परिचय लेख्दै छु । Diyo is an lamp, batti, diya or oil lamp is an important part of religious ritual among Hindus and Buddhists. Usually a cotton wick is dipped in ghee or oil to offer light to deities. These lamps are also used around home to celebrate festival of Tihar.
अब म विज्ञान मा वरण गर्न जाँदै छु । दियोबाट तातो र प्रकाश निस्किन्छ । यो गोलार्ध वा गोलो आकारको हुन्छ । यो गणित विषयमा पढेको थिए ।
तिहारमा धेरै दियो बत्ती बालिन्छ । यो सामाजिक विषयसँग जोडिएको छ । मलाई यो परियोजना बनाएर निक्कै खुसी लागेको छ ।