नमस्कार साथी भाइ तथा गुरु र गुरुआमा म अर्नोंन महर्जन। घुयेँत्रो एउटा परम्परागत हतियार हो । याे हतियारलाई गोठालाहरूले आफ्ना भेडा बाख्राहरू विभिन्न किसिमका बाघ भालुहरूबाट सुरक्षाको निम्ति प्रयोग गर्ने गर्थे। यो डोरी र छालाको प्रयोगबाट बनेको हुन्छ। यसलाई गाेफन पनि भनिन्छ।यसको बनोटमा दुई वटा डोरीको बिचमा छालाको सानो चाक्लो भाग रहेको हुन्छ र यसको मुख्य काम ढुङ्गा फ्याँक्नु हो। यसलाई प्रयोग गर्ने तरिकामा दुईछेउ डोरी मध्ये एक छेउ हातमा बाँध्ने ताकी नफुत्कियोस् र बिचको छालाको भागमा ढुङ्गा राखेर अर्को छेउ पनि बलियो सँग समाउने त्यसपछि घुमाएर निशाना तर्फ फ्याँक्ने। फ्याँक्दा डोरीको एक छेउ जुन समातिएको मात्र थियो त्यसलाई छोडिन्छ।यसको प्रयोगबाट हातले भन्दा कम शक्तिको प्रयोग गरी टाढा र जोडसँग फाल्न सकिन्छ।