नमस्ते ! मेरो नाम संयम महर्जन हो। म वाणी विलास माध्यमिक विद्यालयको कक्षा ५मा पढ्छु। आज म महिला हरूको पौराणिक खल्ती थैली अथवा सुर्के थैलीको बारे मा लेख्न जाँदै छु।
सुर्के थैली एक परम्परागत पैसा राख्ने सामग्री हो । पैसा वा महत्त्वपूर्ण सर सामग्रीहरू थैली तुना बाँधेर राखिन्छ । यसलाई कम्मबरम बाँधेर राख्ने चलन रहेको छ । यो कपडाबाट बनेको हुन्छ । यो गाउँघरमा नै निर्माण गरिन्छ । यसको रङ्गिन डिजाइन र बलियो कपडाले यसलाई दैनिक अत्यावश्यक वस्तुहरू जस्तै खाना, पैसा, साना वस्तुहरू र सहायक उपहार झोला बोक्नका लागि उपयुक्त बनाउँछ । यो परम्परागत सामग्री हो । आमा, दिदीहरूले यसको प्रयोग गर्छन् ।
अब म परियोजना कार्य अन्तर्गत सुर्के थैलीलाई ५ विषय नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिकमा जोडेर वर्णन गर्न चाहन्छु।
नेपाली विषय अन्तरगत सुर्के थैली नाम शब्द हो। यो एकवचन र यो निर्जीव हो। नेपाली विषय अन्तरगत कविता, कथा, निबन्ध तथा अनुच्छेद लेख्न सकिन्छ। यसबाट म एउटा कविता लेख्छु।
नाम हो यसको सुर्के थैली,
हाल्न सक्ने सामानहरू छन् थरी थरी,
महिलाहरूको भनिन्छ यसलाई राष्ट्रिय पोसाक,
त्यसैले त बहिनी भइन् हुरुक्क जब गरे मैले थैली ल्याएको मजाक।
धन्यवाद !
अब म अङ्ग्रेजी विषयसँग जोड्न चाहन्छु। यो शब्द Noun हो। यो Singular हो र यो Non-living thing हो।अङ्ग्रेजी विषय अन्तरगत यसमा कथा, कविता, निबन्ध तथा आत्मपरक लेख्न सकिन्छ। म यस मध्य आत्मपरक लेख्न जाँदै छु।
Namaste! My name is Surke Thaili. I am mostly used by womens. I am used as a pocket. I can't hold big things but i can hold small things like toffees, money or coins.
अब म गणित विषय अन्तर्गतसँग जोड्न चाहन्छु।यसमा हामीले सुर्के थैलीको तौल र मूल्य निकाल्न सक्छौँ। सुर्के थैलीको लम्बाइ 2.5 इन्च र चौडाइ 3.5 इन्च हुन्छ।
अब म विज्ञान विषयसँग जोड्न चाहन्छु। सुर्के थैलीहरू रहेका तुना बाँध्ने र सामान सुरक्षित राख्ने विधिहरू वैज्ञानिक रहेका छन् । यो स्थानीय प्रविधिसँग सम्बन्ध राख्छ ।
अब म अन्तिम विषय सामाजिकसँग जोड्न चाहन्छु। यो परम्परागत पोसाक हो। यसबाट हाम्रो समाज र रहनसहनको विकास हुन्छ।
यसरी मैले परियोजना कार्यको ५ विषयलाई जोडे। यो परियोजना कार्य गरेर मलाई रमाइलो लग्यो यस कार्यबाट मलाई सुर्के थैलीको बारेमा यो कसले प्रयोग गर्छन् जस्ता कुराहरू जाने। धन्यवाद !