नाङ्लो

 नमस्ते मेरो नाम लाप्साङ्ग दोर्जे तामाङ हो । म ६ कक्षामा पढ्छु । म श्री वाणी विलास माध्यमिक विद्यालयमा पढ्छु । यो विद्यालय प्याँगाउँ गोदावरी नगरपालिका ११ मा पर्छ ।अब म यस परियोजना कार्य नाङ्लोको परिचय दिन चाहन्छु ।

नाङ्लो पुरानो प्रयोग गर्ने सामग्री हो ।अहिलेको युगमा नाङ्लो प्रयोग गाउँघरमा गर्ने गर्छ । नाङ्लो एक पुरानो सामग्री हो । अब म यस नाङ्लोलाई विभिन्न भाषाहरूमा के भन्छन् होला भनेर भन्छु । नेवारी भाषाबाट नाङ्लोलाई हाँसा भनिन्छ । तामाङ भाषाबाट नाख्ले भनिन्छ । भोजपुरी भाषाबाट दगरा भनिन्छ ।अङ्ग्रेजी भाषाबाट {Naanglo} भनिन्छ ।

अब म यस परियोजना कार्य नाङ्लोलाई सामाजिक,नेपाली,विज्ञान,गणित र अङ्ग्रेजीसँग जोडेर प्रस्तुति गर्दछु ।

अब म सामाजिक विषयबाट नाङ्लोलाई भन्न गइरहेको छु । मैले नाङ्लोको बारेमा छिमेकी हजुरबा र हजुरआमा सँग सोधेर गरेको हो । हजुरआमालाई सोधेर अनुसार मैले गरेको हो । उनीहरूले भन्नुभएको अनुसार बाउ बाजेको पाला देखि नै चली आएको सामग्री हो ।

अब म नेपाली विषयबाट नाङ्लोलाई भन्न गइरहेको छु । नाङ्लोले नेपाली संस्कृति र संस्कार जोगाउँछ । नाङ्लो नेपाली मानिसहरूले मात्र प्रयोग गरिन्छ ।नाङ्लोको प्रयोगले हामीले मकै,चामल,गहुँ आदिमा भएको डुङ्गको टुक्र माटोको टुक्राहरू सजिलै सँग नाङ्लोको प्रयोगले छुटाउन सक्छौ। नाङ्लो एक परम्परागत प्रविधि हो ।

अब म विज्ञान विषयबाट भन्न गइरहेको छु । नाङ्लो परम्परागत प्रविधि हो । नाङ्लोको आकार र बाँसको गुणको बारेमा अध्ययन गर्न सक्छौ ।

अब म गणित विषयबाट भन्न गइरहेको छु। नाङ्लो गोलो आकारको हुन्छ। हामीले नाङ्लोको वजन निकाल्न सक्छौ । हामी यसको व्यास, क्षेत्रफल निकाल्न सकिन्छ।

अब म अङ्ग्रेजी मा केही कुरा भन्न गई रहेको छु। "Nanglo" refers to a winnoning treycrafted from bamboo twigs resembing a plate used as a traditional tool for winnowing or separating grains from husks. यो कुरा मैले श्री सरस्वती मा.विले बनाएको बहुभाषिक किताबबाट लिएको हुँ ।

यो परियोजना कार्य गरेर मलाइ धेरै खुसी लागेको छ ।

परियोजना शिक्षक

Ganesh Prasad Pandey

सामाजिक

२०८१-०८-०७

सम्बन्धित पाेस्ट