नेपालको पहिचान गराउने पौराणिक हतियार " खुकुरी "
नमस्ते, मेरो नाम संयम महर्जन हो। म वाणी विलास माध्यमिक विद्यालयको कक्षा ५ मा पढ्छु। आज म नेपालको पौराणिक हतियार खुकुरीको बारेमा लेख्न जाँदै छु।
खुकुरी नेपालको राष्ट्रिय हतियार हो। खुकुरी नेपालको पहिचान गराउने हतियार हो। नेपाल को पहिलो खुकुरी करिब २५०० वर्ष अगाडी बनेको थियो। त्यो खुकुरी गोर्खाको राजा द्रव्य शाहले प्रयोग गर्नुहुन्थ्यो। धेरै मानिसहरूले यस हतियार युद्धका लागि मात्रै प्रयोग गरिने जस्तो लाग्छ, तर यो हतियार युद्धसँगै किसान र मजदुरले बाली काट्नका लागि पनि प्रयोग गर्छन्।
केही घुमेको र बिचमा थोरै नुहेको सिरुपाते, तरबार आदि भेद हुने एक प्रसिद्ध नेपाली हतियार। यसलाई नेवारी भाषाबाट चुफी, तामाङ भाषाबाट गोजा, भोजपुरीबाट छुरा र अङ्ग्रेजीबाट खुकुरी (Khukuri) भनिन्छ।
अब म परियोजना कार्य अन्तर्गत खुकुरीलाई ५विषय नेपाली, सामाजिक, गणित, अङ्ग्रेजी, र विज्ञानमा वर्णन गर्न चाहन्छु।
नेपाली विषय अन्तरगत खुकुरी नाम शब्द हो। यो एकवचन र यो निर्जीव हो। नेपाली विषय अन्तरगत कविता, कथा, निबन्ध तथा अनुच्छेद लेख्न सकिन्छ। यसबाट म एउटा निबन्ध लेख्छु।
निबन्ध
खुकुरी नेपालको राष्ट्रिय हतियार हो। खुकुरी एक प्रकारको चक्कु वा छोटो तरबार हो जसको ब्लेडमा छुट्टै रिकर्भ हुन्छ जुन भारतीय उपमहाद्वीपमा उत्पत्ति भएको हो। यसले दक्षिण एसियाका अधिकांश भागमा हावापानी हतियार र नियमित काट्ने उपकरणको रूपमा धेरै उद्देश्यहरू पूरा गर्दछ। कुकुरी, खुकुरी, र कुक्करी हिज्जेहरू भारतीय अङ्ग्रेजी मूलका हुन्।
खुकुरी नेपालको राष्ट्रिय हतियार हो, यसले नेपाली-भाषी गोर्खाहरूका लागि परम्परागत रूपमा आधारभूत उपयोगिता चक्कुको भूमिका निभाउँछ, र फलस्वरूप नेपाली सेनाको एक विशेषता हतियार हो।
७औँ शताब्दीमा यसको प्रारम्भिक रेकर्ड गरिएको प्रयोगदेखि खुकुरी वरिपरि धेरै मिथकहरू छन् - विशेष गरी एउटा परम्परागत चलन छ कि ब्लेडले म्यान गर्नु अघि रगत तान्नुपर्छ, जब यसको एक मात्र उद्देश्य लडाई हतियारको रूपमा मानिन्छ।
युद्धमा यसको प्रयोगको अतिरिक्त, खुकुरी अन्य विभिन्न उद्देश्यका लागि पनि प्रयोग गरिन्छ। यसलाई किसान र मजदुरहरूले बाली काट्न र ब्रस सफा गर्न र सिकारीहरूले छाला र सफा गर्ने खेलमा प्रयोग गर्छन्। यसलाई खाना पकाउने, काठको काम गर्न र केही नेपाली धार्मिक परम्पराहरूमा औपचारिक वस्तुको रूपमा पनि प्रयोग गरिन्छ।
अब म अङ्ग्रेजी विषयसँग जोड्न चाहन्छु। यो शब्द Noun हो। यो Singular हो र यो Non-living thing हो।अङ्ग्रेजी विषय अन्तरगत यसमा कथा, कविता, निबन्ध तथा आत्मपरक लेख्न सकिन्छ। म यस मध्य आत्मपरक लेख्न जाँदै छु।
Hi I am Khukuri. I am a popular Nepali weapon used for both cutting and thrusting, it is commonly used for various purposes, including self-defence, and is characterised by its distinctive shape.
अब म गणित विषय अन्तर्गतसँग जोड्न चाहन्छु।यसमा हामीले खुकुरीको तौल र मूल्य निकाल्न सक्छौँ। यसको आकार भित्री भाग जस्तै घुमाउरो हुन्छ।
अब म विज्ञान विषय अन्तरगतसँग जोड्न चाहन्छु। यो सबै साधारण यन्त्रबाट बन्छ, यसको माथिल्लो भाग नजलोस् अथवा आगो नसरोस् भनेर फलामको बनाइएको हो।
अब म अन्तिम विषय सामाजिकसँग जोड्न चाहन्छु। यो परम्परागत यन्त्र हो।यो हाम्रो समाज र रहनसहनको अन्तरगतसँग पर्छ।
यसरी मैले परियोजना कार्यको ५ विषयलाई जोडे। यो परियोजना कार्य गरेर मलाई रमाइलो लग्यो यस कार्यबाट मैले खुकुरीको इतिहास, यसको उत्पादन, आदिको बारेमा थाहा पाए।
....धन्यवाद ....