बहु उपयोगी सामान पेरुङ्गो

नमस्कार , मेरो नाम स्नेहा थापा मगर हो । म कक्षा आठमा पढ्छु । मेरो विद्यालयको नाम वाणी विलास माध्यमिक विद्यालय हो । म आज सामाजिक विषयमा अध्ययन अन्तर्गत हाम्रो परम्परागत सामग्री भन्ने पाठबाट परियोजना कार्य लेख्न गरिरहेको छु। मेरो विषय वस्तुको नाम पेरुङ्गो हो।
यसलाई गाउँघरको भाषामा पेरुङ्गो भनिन्छ । यो निगालोबाट बन्ने एक महत्त्वपूर्ण सामग्री हो । यसको महत्त्व धेरै छ । अहिले भन्दा पनि पहिला पहिला जिजु बाजेको पालामा अझ धेरै महत्त्व थियो । परापूर्व कालमा अहिले जस्तो हरेक सामान राख्ने भाडा कुँडा नहुँदा खेरि सा-साना चाहिने मरमसला नुन एकै ठाउँमा राख्नको लागि वा घरका लागि आवश्यक सामग्री एकै ठाउँमा राखनको लागि झोलाको रूपमा प्रयोग गरिन्थ्यो ।
म पेरुङ्गोलाई कुन कुन भाषा बाट के भनिन्छ भनेर लेख्दै छु । नेवारीमा : टोकरी, तामाङमा : कोलो, भोजपुरमा : डोली र अङ्ग्रेजीमा : Perungo (Bamboo basket) भनिन्छ।
अब म पेरुङ्गोलाई नेपाली, सामाजिक, अङ्ग्रेजी, विज्ञान र गणित विषयमा जोड्न चाहन्छु।
सबैभन्दा पहिले म नेपाली विषयसँग जोड्छु। नेपाली शब्दकोश अनुसार पेरुङ्गो लाम्चो, चेप्टो, प्वाल वा आँखा भएको बाँसको चियाको भाँडो तामा,च्याउ, माछा, सुँगुर पाठो आदि हाल्नका निमित्त प्रयोग हुने एक प्रसिद्ध वस्तु हो।
अब म पेरुङ्गोलाई सामाजिक विषयसँग जोड्छु। पेरुङ्गो परम्परादेखि चली आजको परम्परागत प्रविधि हो।पेरुङ्गोमा पहिला पहिला गाउँघरतिर लसुन, प्याज, कुखुरा जस्ता कुराहरू राखन प्रयोग हुन्छ।
अब म पेरुङ्गोलाई अङ्ग्रेजी विषय सँग जोड्छु। "Perungo " refers to a bamboo basket made of bamboo a popular item used for carrying meats , heads, piglets , millet beer, fish , nettle soup, etc.
अब म म पेरुङ्गोलाई विज्ञान विषयसँग जोड्छु। बाँसको चोयाबाट परम्परागत र प्रविधि उपयोग गरी वनेको पेरुङ्गो वातावरण मैत्री सामग्री हो।
अब म म पेरुङ्गोलाई गणित विषयमा जोड्छु। यो अर्घ गोलाकार जस्तो रहेको छ । यसको क्षेत्रफल, लम्बाइ, चौडाइ निकाल्न सकिन्छ। म यसको क्षेत्रफल निकाल्न चाहन्छु। मानाै पेरुङ्गोको लम्बाइ 20cm छ भने चौडाइ 25cm छ अब area formula लगाएर निकाल्छु।
Length=20
Breadth=25
Area=?
Now,
         A=l×b
            =20×25
        A=500cm the area of perungo is 500cm
अब म भन्न चाहन्छु कि मलाई यो काम गर्दा मलाई असाध्यै खुसी लाग्यो। यो गर्दा मैले कहिले पनि नदेखेको सामग्रीहरूलाई देख्न पाएँ। नयाँ नयाँ कुराहरू थाहा पाए र ऐतिहासिक कुराहरू थाहा पाए। साथीहरूसँग, दाइ,दिदीसँग यो परियोजना कार्य गर्दा रमाइलो भयो । यो परियोजना कार्य गर्दा धेरै कुराहरू बुझ्ने मौका पाएँ। धन्यवाद ! 

परियोजना शिक्षक

Ganesh Prasad Pandey

सामाजिक

२०८१-०८-०६

सम्बन्धित पाेस्ट