नमस्कार मेरो नाम अन्जु घिमिरे हो। म कक्षा ८ मा पढ्छु। म वाणी विलास माध्यमिक विद्यालयमा पढ्छु। मैले नेपाल पहिला देखि नै चलाई रहेको समान फ़ुर्लुङ्ग लिएर आएको छु । विद्यालयमा स्थानीय सङ्ग्रहालय बनाउनको लागि । मैले यो फ़ुर्लुङ्गमा परियोजना कार्य गर्न पनि गइरहेको छु ।
फ़ुर्लुङ्ग चाही माछा राख्न प्रयोग गरिन्छ। यो बाँसको चोयाले बनाएको हुन्छ। यो फ़ुर्लुङ्गमा चाही माछा राखियो भने माछा ताजा राम्रो हुन्छ। यो फ़ुर्लुङ्ग चाहिँ बढि जस्तो तराई र पहाड तिर प्रयोग हुन्छ। यो फ़ुर्लुङ्गमा चल्ला अन्डा आदि पनि हाल्न सकिन्छ। यसलाई सजिलो रूपमा प्रयोग गर्न सकिन्छ। यसलाई टाउकोमा हालेर बोक्न पनि मिल्छ। प्राचीन काल देखि नै प्रयोग गरेको साधन हो। यो फ़ुर्लुङ्ग वरिपरि सानो -सानो प्वाल हुन्छ। फ़ुर्लुङ्ग भित्र हावा र पानी मजा सित पस्छ।
फ़ुर्लुङ्गलाई विभिन्न विषयसँग जोडेर प्रस्तुत गर्न चाहन्छु ।
सबैभन्दा पहिले म English विषयमा जोडेर फ़ुर्लुङ्गकाे परिचय दिन्छु ।
Phurung is made up of bamboo . It is environment friendly tool . It is used to keep fishing during fish-hunting . It is used since ancient time . It is still used in village. It is ancient tools of our community.
त्यसपछि म फ़ुर्लुङ्गलाइ Math विषयमा जोडेर प्रस्तुत गर्छु ।
फ़ुर्लुङ्गको आकार मिलेको हुँदैन। यसको क्षेत्रफल निकाल्न सकिन्छ । यसको मूल्य पनि निकाल्न सकिन्छ। यसको तलको भाग चार पाटे हुन्छ र माथिको भाग गोलो आकार हुन्छ।
त्यसपछि म फ़ुर्लुङ्गलाइ Science विषयमा जोडेर प्रस्तुत गर्छु ।
यो फ़ुर्लुङ्ग बाँसबाट बनेको हुन्छ। यसमा माछा राख्न सकिन्छ। यो वातावरणको लागि हानी कारक हुँदैन किनकि यो बाँसबाट बनेको हुन्छ। यसमा माछा हाल्दा माछा गनाउँदैन।
त्यसपछि म फ़ुर्लुङ्गलाइ सामाजिक विषयमा जोडेर प्रस्तुत गर्छु ।
यो परम्परा देखी चलिआएको सामान हो। यो माछा हाल्न प्रयोग गरिन्छ। यो बनाउन गारो हुँदैन। यो प्राय जस्तो गाउँ घर मा प्रयोग गरिन्छ। यो चैँ माछा हाल्न प्रयोग हुन्छु। यो चाही पैला पैला प्रयोग हुन्थ्यो तर आइले प्रयोग हुँदैन।
मलाई यसरी मैले सबै विषयसँग यो परियोजना कार्य जोडे। मलाई यो परियोजना कार्य गर्दा धेरै खुसी लाग्यो। मैले यो कार्य गर्दा धेरै खुसी लग्यो। मैले कार्य गर्दा धेरै कुरा थाहा पाए ।