मेरो नाम निलम लामा हो। म कक्षा १० मा पढ्छु। मेरो विद्यालयको नाम वाणी विकास माध्यमिक विद्यालय हो। यो विद्यालय चापा गाउँ,ललितपुरमा पर्दछ। म आज ठेकीको बारेमा लेख्न गइरहेको छु।
ठेकी प्राचीन काल देखि चली आइरहेको एउटा काठबाट बनाइएको भाँडा हो।पुरानो समयमा अहिले जस्तो भाँडा कुँडा हुँदैनथ्यो। त्यसैले मानिसहरू सामानहरू, मसलाहरू राख्नको लागि काठबाट बनेको विभिन्न भाडाहरू बनाउने गर्थे। त्यस मध्ये ठेकी पनि काठबाट बनेको भाडा हो। यो ठेकी विशेष गरी दूध,दही,घिउ, आदि राख्नको लागि प्रयोग गरिन्थ्यो र अन्य मसलाको सामानहरू राख्नको लागी पनि यो ठेकी को प्रयोग गरिन्थ्यो। ठेकीलाई धेरै जसो देवदार रुखबाट बनाइएको हुन्छ अनि लालीगुराँस फुल पनि प्रयोग गरिन्छ।देवदार रुख धेरै कडा भएर छिटै किराले नखाने भएकाले देवदार रुखको अधिकतम प्रयोग गरिन्छ। ठेकीले गर्दा हाम्रो जीवनलाई सजिलो र सरल बनाएको छ। ठेकीको सेन्ट्रीफ्युअल विधिबाट ठोस पदार्थलाई तरल पदार्थमा छुट्टाउन सकिन्छ। ठेकीको तल्लो भाग बेलनाकारको हुन्छ अनि माथिल्लो भाग गोलो आकारको हुन्छ।
ठेकीलाई धेरै भाषाबाट चिनिन्छन् जस्तै: नेवारी भाषामा: ठोको, तामाङ भाषामा: ठेका, भोजपुरी भाषामा:ठेकी, अङ्ग्रेजी भाषामा: (Theki/ Wooden Pot) भनिन्छ। अब म परियोजनालाई ठेकीलाई विभिन्न विषयसँग जोडेर लेख्न गइरहेको छु।
अङ्ग्रेजी(English): A theki is a wooden pot that help to keept butter and making yoghurt. Theki is used to store milks fat(taar),make butter(naune ghyu),and clarified butter(ghee). Theki is becoming an antique household items and is rarely found in villages and cities. However,it can make a good showpiece in a living room or other part of the house. Theki is commonly made from darighito wood but rhododendron is also used. It is cylindrical in shape.It has a narrow neck while the mouth is a spreading fan-like structure.
In science(विज्ञान): A theki is a wooden pot used in churning butter making yogurt.Theki keeps yogurt and other things cool. ठेकीले गर्दा हाम्रो जीवनलाई सजिलो र सरल बनाएको छ। ठेकीको सेन्ट्रीफ्युअल विधिबाट ठोस पदार्थलाई तरल पदार्थमा छुट्टाउन सकिन्छ।
In Math(गणित):Theki is a cylindrical vessel with a narrow neck and a fan-shaped mouth. ठेकीको तल्लो भाग बेलनाकारको हुन्छ अनि माथिल्लो भाग गोलो आकारको हुन्छ। यसको क्षेत्रफल, तौल, मूल्य निकाल्न सकिन्छ ।
In social(सामाजिक): ठेकी प्राचीनकादेखि चली आइरहेको सामग्री हो। यो पहिला धेरै प्रयोग हुन्थ्यो तर अहिले खासै प्रयोग हुँदैन किनभने अहिले विभिन्न किसिमको भाँडाहरू आइसक्यो अहिले पनि गाउँघरतिर प्रयोग हुन्छ।यसमा मसला,दही,मह, राखेर कति दिन सम्म प्रयोग गर्थ्यो। यसमा सामान राखेर एैचो पैँचो पनि गर्थ्यो।
In Nepali(नेपाली): ठेकी ले गर्दा विभिन्न सामानहरू जस्तै कि तेल,नुन,दही,बेसार,र आदि मरमसलाहरू राख्नलाई सहज भएको छ।ठेकी मा राखेर सामानहरू बिग्रिँदैन।
ठेकीको बारेमा (आत्मपरक लेख)
मेरो नाम ठेकी हो। मलाई मानिसहरूले सामान राख्न प्रयोग गर्छन्। म सबैको घरमा हुन्छु। मानिसले मलाई धेरै मन पराउँछन्। मानिसहरूले मेरो माथि मसला,दूध,मही,घिउ,नौनी,आदि राख्छन्। मलाई पनि धेरै खुसी लाग्छ जब मानिसहरूले मेरो माथि मिठो खानेकुराहरू राख्छन्। गाउँघर को हजुरआमाहरूले जस्तै अरूले खासै प्रयोग गर्दैन। मलाई भान्सा कोठामा धेरै जस्तो प्रयोग गर्दछन्। मलाई चिसो ठाउँमा राख्छन्।मैले खानेकुराहरू चिसो बनाउँछु। जस्तै मह,दही,आदि मेरो माथि पैसा पनि राख्दछन्।
अब म यतिमै मेरो कुरा टुङ्ग्याउन चाहन्छु। धन्यवाद।