नमस्कार ! मेरो नाम स्वीकृति महत हो। म वाणी विलास मा . वि. मा कक्षा १० मा अध्ययन गर्दछु । यो प्याङ गाउँ गोदावरी - ११ , ललितपुर जिल्लामा पर्दछ । हामी म्युजियमको निम्ति आ -आफ्नो घर मा रहेको पुरानो सामानहरू लाई बटुल्दै र ती सामानहरूको बारेमा हामी माझ रहेको सबै कुराको छोटो र मिठो जानकारी सबै विषयसँग जोडी दिन जाँदै छौ।
खुकुरी एक प्रकार को हात - हतियार भनी चिनिन्छ । खुकुरी धेरै जस्तो गाउँ घरमा प्रयोग हुन्छ । प्राचीन कालमा धेरै जस्तो प्रयोग खुकुरी को युद्ध गर्ने समयमा पनि प्रयोग गरिन्थ्यो । खुकुरी माछा - मासु काट्न लाई पनि प्रयोग भइरहेको देख्न सकिन्छ । खुकुरी नेपाली हरू को सान को नाम मा पनि प्रचलित छ। जुन विशेष गरी नेपाल को ग्रामीण क्षेत्रमा प्रचलित छ। यसलाई मुख्य रूपमा युद्ध, आत्मरक्षा, र खेती -पाती का काममा प्रयोग गरिन्छ ।
खुकुरी विभिन्न प्रकारका पाइन्छन् । जस मध्ये कुनै को धार्मिक र सांस्कृतिक महत्त्व पनि छन्। यसले नेपाली समाजमा वीरता , सम्मान, र गौरवको रूपमा स्थान समेटेको छ। खुकुरीलाई विभिन्न भाषाबाट फरक फरक नामले पनि बोलाउने गरिन्छ । जस्तै गरी : नेवारी भाषामा चुफी भनिन्छ । तामाङ भाषामा गोजा भनिन्छ । भोजपुरी भाषामा छुरा भनिन्छ । अङ्ग्रेजी भाषामा 'Khukuri' भनिन्छ ।
अब म खुकुरी को विशेषता लेख्न जाँदै छु । जस्तै कि : खुकुरीको माध्यम बाट माछा मासु हरू सजिलै गरी कटाई गर्न सकिन्छ । खुकुरी पहिला - पहिला युद्ध हुँदा पनि आफ्नो ज्यान बचाउन प्रयोग भएको थियो ।
खुकुरी नाम पद हो । खुकुरी एउटा निर्जीव वस्तु हो। खुकुरी एक वचन हो । हामीले खुकुरीको बारेमा कविता, कथा, अनुच्छेद, निबन्ध, आदि लेखन गर्न पनि सक्छौ । मैले त्यस मध्य एउटा सानो ऐतिहासिक कथा लेख्न जाँदै छु।
'सानोका जीत'
एका देशमा एउटा सानो राज्य थियो । ती राज्यको उत्तर दिशा तर्फ एक अर्को ठुलो राज्य थियो । त्यो दुई राज्यको बिच खटपट चली रहेको थियो। त्यो दुई राज्य बिच खटपट भए ता पनि त्यो दुई राज्यको मानिसहरू शान्ति पूर्ण आ - आफ्नो जीवन यापन गरी रहेका थिए । एक दिन ठुलो राज्यको राजाले जमिनको पाउने लोभमा सानो राज्यमा आक्रमण गर्ने योजना बनाए । यो कुरा सानो राज्यकाले राजा लाई थाहा भए पनि केही गर्न सकेको थिएनन् । राजाले बिचार गरे कि आ - आफ्नो घरमा जे जे छ त्यै त्यै हात हतियार बोकेर सबै जना जाऊ र देशको रक्षा गर्नलाई राजाको आदेश मानी उहाँ ले भने जस्तै गरी सबै जना निस्के । उनीहरू आफ्ना हातमा साना साना खुकुरी ट साना साना छुरा बोकेर युद्ध लड्न हिँडे । ठुला राज्यको ले ठुला ठुला गोला बारुतहरू बकेर आएका थिए । केही लामो समय सम्म युद्ध चल्नी त्यो युद्ध मा ठुला ठुला सामान नभए पनि त्यही साना साना हतियार भएका ले जिते र यसै गरी कथा को अन्त्य भयो ।
त्यसै गरी मैले यो कथा टुङ्गाए ।मैले यो नेपाली विषय सँग जोडेको थिए र अब मे फेरी पनि यही खुकुरीको बारेमा अङ्ग्रेजी विषयसँग जोडन जाँदै छु। यसमा पनि म खुकुरीको introductory paragarph लेख्दै छु ।
Khukuri is an sharped weapon which is used to cut or kill objects easily . It is an object by which meat and other will be cutted khukuri is also known as an gorkhas pride it is connected with specially past of Nepalese.
त्यसै गरी मैले अङ्ग्रेजी विषयसँग जोडे । अब म खुकुरीको बारेमा सामाजिक विषयका आधारमा वर्णन गर्न जाँदै छु। खुकुरी एउटा प्राचीन काल देखि हातहतियार को रूपमा चलिआएको साधन हो। प्राचीन कालमा खुकुरीको माध्यम बाट नेपालीहरूले धेरै युद्ध जितेका थिए। खुकुरीलाई गोर्खेको सान पनि पनि भनिन्छ । यो नेपालको परम्परागत सामग्री पनि हो । वीरताको चिनो पनि हो ।
त्यसै गरी म खुकुरी विषयलाई विज्ञान विषयसँग जोडेर प्रस्तुत गरिरहेको छु । It is a type of knife or short sword with a distinct recurve in its blade that originated in the indian sub-continent. It serves multiple purposes as a metal weapon and also as a regular cutting tool throughout most of south asia.
अब म खुकुरीलाई गणित विषयसँग जोडेर प्रस्तुत गरिरहेको छु । यसको तौल निकाल्न सकिन्छ । यसको मूल्य पनि निकाल्न सकिन्छ । यसरी मैले जानेका र बुझेका यिनै कुराहरू को साथमा म मेरो भनाइलाई यहाँ नै समापन दिन चाहन्छु । धन्यवाद !