कुमा अर्थात कुटाे

नमस्ते मेरो नाम सुष्मिता बानिया हो। म कक्षा सातमा पढ्छु। म आज कुटोको बारेमा लेखन जाँदै छु। मैले लिएको सामग्रीको नाम कुटो हो। यो कुटो हाम्रो हजुरबुबाको पालामा बनाएको हो। हाम्रो भाषामा कुमा पनि भनिन्छ। यसको प्रयोग कोदो, मकै, साग,फापर गोड्ने जस्ता काममा प्रयोग हुन्छ। यसको आकार कोदालो जस्तो देखिन्छ। अहिले यो कुटो त्यति पाइँदैन। यो कुटो अरू कुटो भन्दा फरक छ। त्यसैले यो कुटो गाउँघर तिर धरै प्रचलित छ। यो कुटो हाम्रो परम्परा देखि चलिआएको कुटो हो। तर यो कुटो हाम्रो मुगु ,जुम्ला र हुम्ला जिल्लामा मात्र पाइन्छ। यो कुटो हाम्रो हिमाली जिल्लामा धरै प्रयोग गरिन्छ। हाम्रो रमाइलो गाउँघर तिर कुटोको सारै महत्त्व छ। यो हाम्रो कर्णाली माैलिक कुटो हो।

परियोजना शिक्षक

Ganesh Prasad Pandey

सामाजिक

२०८१-०९-१७

सम्बन्धित पाेस्ट