खाना पकाउने भाँडो ताउलोको अध्ययन

नमस्ते ! मेरो नाम आशुतोष बन्जारा हो। म वाणी विलास माध्यमिक विद्यालयको कक्षा ५ मा पढ्छु। अब म ताउलोको बारेमा परियोजना कार्य गर्दै छु। मैले ताउलोको बारेमा धेरै किसिमको खाजी गरेको छु।

परिचय

दाल र भात खोले आदि पकाउने साधारण र मझौला खोलको तामा पितल आदिको भाँडोलाई ताउलो भनिन्छ। ताउलो एक किसिमको परम्परागत सामग्री हो। ताउलो धेरै जस्तो खानेकुरा र पूजाआजामा प्रयोग हुने प्रसाद बनाइन्छ।ताउलोलाई विभिन्न भाषा बाट हामी चिन्न सक्छौ जस्तै नेवारी भाषा बाट कसौँडी ,तामाङ भाषा बाट नहु ,भोजपुरी भाषाबाट तैलो र अङ्ग्रेजी भाषाबाट Taaulo नै भनिन्छ।

विषय वर्णन

अब म ताउलो लाई विभिन्न विषयसँग जोडेर वर्णन गर्न चाहन्छु।

सामाजिक

अब म ताउलो लाई सामाजिक विषयसँग जोडेर वर्णन गर्न चाहन्छु। ताउलो तामा बाट बनेको परम्परागत सामग्री हो। ताउलो एक भान्सामा प्रयोग हुने सामग्री हो।

 अङ्ग्रेजी

अब म अङ्ग्रेजी विषयमा ताउलो बारेमा कहीँ शब्द प्रस्तुत गर्न जाँदै छु। Taaulo refers to a traditional vessal made of copper brass that is used for cooking rice,lenlils and other similar items.

विज्ञान

विज्ञान विषयमा अध्ययन गर्दा यो तामाले बनेको हुन्छ। ताउलोमा बनेको खाना स्वास्थ्यकर हुन्छ भन्ने पाए। यो स्वास्थ्यकर हुने भयकोले यो धेरै महत्त्वपूर्ण हुन्छ।

नेपाली

अब म नेपाली विषयमा ताउलीको बारेमा एउटा कथा प्रस्तुत गर्न जाँदै छु।

एका देशमा एक जना आकाश नाम गरेको बालक विद्यालयको जाडो बिदा मा आफ्नो गाउँमा बस्ने हजुरबुवाको घर जाने निर्णय गर्‍यो। हजुरबुवा सँग बस्दा उसलाई गाउँको खाना मन पर्न थाल्यो। एक दिन उसले हजुरबुबा सोध्यो। आकाशले सोध्यो यो भात पकाउने गरेको भाँडो जस्तो के हो ?मलाई त सहर भन्दा गाउँको खाने कुरा मन पर्न थाल्यो?

त्यसो भए सुन यो भात पकाउने बडो लाई ताउलो भनिन्छ। यसमा भात ,दल र जाउलो पकाउन सकिनछ। म पनि सहर गएर आम लाई यस्तै ताउलो किनेर भात पकाउन लगाउँछु ।

गणित

अब म गणितमा ताउलोको बारेमा कहीँ शब्द लेख्न चाहन्छु। ताउलो एउटा गोलाकार वस्तु हो र हामी ठोस वस्तुको औसत लम्बाइ, चौडाइ र वजन पत्ता लगाउन सक्छौँ। धन्यवाद ।

परियोजना शिक्षक

Pramila Ghimire

सामाजिक

२०८१-०८-०६

सम्बन्धित पाेस्ट