भरियाकाे साथी डाेकाे

 मेरो नाम विपसा सुनार हो। म वाणी विकास माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययन गर्ने विद्यार्थी हुँ । यो विद्यालय प्याँ गाउँ गोदावरी-११ ललितपुर जिल्लामा रहेको छ। आज म डोको को बारेमा लेख्न गइरहेको छु।

डोको प्राचीन कालदेखि आधुनिक कालसम्म महत्त्वपूर्ण छ। डोकोमा ग्याँस, मल, दाउरा, घाँस जस्ता विभिन्न भारी सामान सजिलै तरिकाले बोक्न सक्छौ। गाउँ घर तिर प्रायः सबैको घरमा डोको हुन्छ। डोको जङ्गल र खेतमा जाँदा पनि प्रयोग गरिन्छ। डोको बाँसको चोयाबाट‌ बनाइन्छ। डोको गाउँ घर तिर प्रायः बिरामी मानिसहरूलाई अस्पतालमा लग्नको लागी प्रयोग गरिन्छ।

डोकोलाई विभिन्न भाषाबाट फरक-फरक नामले चिनिन्छ जस्तै: तामाङ भाषामा डोकोलाई छाङ भनिन्छ। भोजपुरी भाषामा डोकोलाई छैटी भनिन्छ। नेवार भाषामा डोकोलाई डोका भनिन्छ। अङ्ग्रेजी भाषामा डोकोलाई (bamboo basket) भनिन्छ। यो कुरा मैले सरस्वती माध्यमिक विद्यालयले निर्माण गरेको बहुभाषिक शब्दकोशबाट थाहा पाएको हुँ ।

अब म मेरो परियोजना कार्यमा डोकोको विशेषता लेख्न गइरहेको छु। हामीले डोकोको मध्यमबाट धेरै जस्तो भारी सामान एक ठाउँबाट अर्को ठाउँमा सजिलै सँग पुर्‍याउन सकिन्छ। गाउँघर तिर कोही मानिस गम्भीर तरिकाले बिरामी भएको छ भने डोकोको माध्यमबाट पुर्‍याउन सजिलो हुन्छ। डोको मध्यमबाट हामीले धेरै भरि समान पनि एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन सक्छौ।

अब म मेरो परियोजना कार्यलाई नेपाली विषयसँग जोड्न गइरहेको छु : डोको नाम पद हो । डोको एउटा निर्जीव वस्तु हो । डोको एक बचन पनि हो। हामीले डोको को बारेमा अनुच्छेद ,कविता ,कथा र मनोवाद लेखन सक्छौँ। त्यस मध्य म कथा लेख्न गइरहेको छु।

                                                      'बिरामी बोक्ने डोको'

एका देशमा एउटा सानो गाउँ थियो। त्यो गाउँ को मानिस धेरै इमानदार थिए। केही समय पछि त्यस गाउँ मा धेरै मानिसहरू बिरामी हुन थाले। मानिस एक ठाउँबाट अर्को ठाउँमा जान पनि नसक्ने हालतमा पुगिसकेका थिए। उनीहरू स्वास्थ्य चौकी जान पनि नसक्ने भएका थिए। त्यो देखेर त्यो गाउँको मुखियाले भन्नु भयो । सबै मानिसहरूलाई डोकोमा राखेर स्वास्थ्य चौकी लगे । यसरी बिरामीलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन पनि सजिलो हुन्छ। यो कुरामा सबै जना सहमत भए। त्यस पछि सबै मानिसले बिरामी मानिसलाई डोकोमा हालेर स्वास्थ्य चौकी पुगे पछि सबै मानिसको शरीरमा सुधार आयो। डोकोको मध्यमबाट आयो। यसरी डोकोको मध्यमबाट धेरै मानिसको ज्यान बाच्यो। त्यसैले डोको हाम्रो जीवनमा धेरै महत्त्व पूर्ण छ।

त्यसै गरी मैले यो कथा सिद्धाए। मैले यो नेपाली विषय सँग जोडेको थिए। अब म मेरो परियोजना कार्य लाई अङ्ग्रेजी विषयसँग जोड्न गइरहेको छु। यसमा म डोकोको परिचय अनुच्छेद लेख्दै छु ।

A doko is a kind of a bamboo basket which is handmade from green bamboo. Doko are generally in V shape which means it has a wide opening with small base.The dokos are generally big containing the wids space which is used for carrying things such as grass ,vegetables,sands,fertilizers and sometimes its even used to help sickpeople to go hospital in the village.

मैले मेरो परियोजना कार्यलाई अङ्ग्रेजी विषय सँग पनि जोडे। अब म मेरो परियोजना कार्यलाई सामाजिक विषयसँग जोड्न गइरहेको छु।

डोको प्राचीन कालदेखि आधुनिक कालसम्म महत्त्वपूर्ण छ। यो प्राचीन कालमा धेरै जस्तो सबैको घर हुन्थ्यो। प्राचीन कालमा कोही मानिस बिरामी हुँदा डोकोको प्रयोग हुन्थ्यो। डोको हाम्रो पुर्खा देखिनै चलिआएको सामाग्री हो।

मैले मेरो परियोजना कार्यलाई सामाजिकसँग पनि जोडे। अब म मेरो परियोजना कार्यलाई गणितसँग जोड्न गइरहेको छु।

डोको एउटा सोली आकारको ठोस वस्तु हो। यसको बिच बिचमा धेरै ओटा वृत्त आकारको प्वालहरू हुन्छ। डोकोको माथिल्लो र तल्लो भागमा वृत्त आकारको सतहहरू हुन्छ। डोकोमा प्रयोग गर्ने नाम्लो पनि सरल र वक्र रेखा जस्तो हुन्छ।

यसै गरी मैले मेरो परियोजना कार्यलाई गणित विषय सँग पनि जोडे। अब म यो परियोजना कार्यलाई विज्ञान र प्रविधि सँग जोड्न गइरहेको छु। A doko has an balance theory which its own structure describes.its shape which is in v shape describe that it is easy to carry load and only a little pressure goes in backbone but can carry alot of things. यसै गरी मैले मेरो परियोजना कार्यलाई विज्ञान र प्रविधि सँग जोडे।

यसरी मैले यस परियोजना कार्यलाई धेरै विषयसँग जोडेर धेरै कुरा थाहा पाए । यो परियोजना कार्य गरेर मलाइ धेरै रमाइलो लागेको छ । 

परियोजना शिक्षक

Ganesh Prasad Pandey

सामाजिक

२०८१-०८-०७

सम्बन्धित पाेस्ट