नमस्कार ! मेरो नाम आशुतोष बन्जारा हो। म वाणी विलास माध्यमिक विद्यालय को कक्षा पाँचमा पढ्छु। आज मैले दाबिलो बारेमा धेरै किसिमको खोजी गरेको छु।
परिचय
दाबिलो एक किसिमको खाना पकाउन र ढिँडो पकाउन प्रयोग हुने सामग्री हो। यो एक किसिमको परम्परागत सामग्री हो। यसको प्रयोग धेरै जस्तो ढिँडो पकाउन प्रयोग हुन्छ।दाबिलो नेपालमा पाइने परम्परागत भान्साको भाँडो हो, जुन सामान्यतया काठ वा बाँसबाट बनाइन्छ। यो ठुलो चम्चा वा पन्याैकाे रूपमा काम गर्दछ। सामान्यतया खाना चलाउन, मिसाउन र पस्कन प्रयोग गरिन्छ। टिकाउ र वातावरणमैत्री सामग्रीहरूले यसलाई नेपाली घरपरिवारमा आवश्यक उपकरण हो।
विषय वर्णन
अब म विभिन्न भाषाबाट दाबिलो वर्णन गर्न जाँदै छु। जस्तै नेपाली , अङ्ग्रेजी , विज्ञान , गणित र सामाजिकसँग जोडेर प्रस्तुत गर्छु ।
नेपाली
अब म नेपाली भाषाबाट दाबिलो वर्णन गर्दै एउटा कथा प्रस्तुत गर्न जाँदै छु।
एकादेशमा एक जना सानी नाम गरेकी बालिका भारत सहरमा आफ्नो बुवा आमासँग बस्दै थिइन्। दसैँ बिदाको बेलामा उनी आफ्नो पुर्खौली घर आउने भइन्। उनको पुर्खौली घर नेपाल थियो। उनी नेपाल आइन् नेपाल उनलाई निकै मन पर्यो। हजुरबुवा र हजुरआमासँग जे देखे पनि सोधिहाल्थिन्। यत्तिकैमा एक दिन उनले हजुरआमालाई ढिँडो पकाइरहेको देखिन् र छेउमा आमाले एउटा काठको लामो लट्ठी जस्तो देखिन् र हजुरआमालाई सोधिन्। " हजुरआमा यो लामो काठको जस्तो लट्ठी के हो ?"
हजुरआमाले जवाफ दिइन् “ यो काठले बनेको नटी जस्तो ढिँडो पकाउँदा चलाउने साधन हो भन्दै ढिँडो पकाउँदै देखाइन। सानी यो देखेर मक्ख परिन् किनभने उनले यस्तो स्टिलबाट बनेको मात्र देखेकी थिइन्। उनले आफू भारत फर्किँदा एउटा काठको दाबिलो आफूसँग लिएर गइन्। " धन्यवाद "
सामाजिक
अब म सामाजिक विषयमा दबिलोलाई वर्णन गर्न जाँदै छु। ग्रामीण क्षेत्रका बस्तीहरूमा डबली सामूहिक भेला, पर्व, नाटक, चर्चा, र जनचेतना फैलाउने स्थलको रूपमा प्रयोग गरिन्छ।यसले समाजमा एकता र सहकार्यको भावना वृद्धि गर्छ। यो धेरै जस्तो काठ तथा बासले बनेको हुन्छ। यो एउटा परम्परागत सामग्री हो।
अङ्ग्रेजी
अब म दाबिलोको बारेमा बताउनेछु।
Dabilo is a kind of big spoon made of wood/bamboo. It refers to a traditional tool commonly used in various cultures, especially rural of Nepal. It is indeed a type of large spoon made from wood or bamboo. It's often used as a ladle.
विज्ञान
अब म विज्ञानको बारेमा केही भन्छु ।
यो आफैँमा वैज्ञानिक शब्द होइन तर यसको चलाउने कार्यक्षमता देखाउँछ । तातो प्रसारण नहुने भएकाले यसको प्रयोग गर्न सजिलो हुन्छ । टुप्पामा फराकिलो र लामो बिँड पनि हुन्छ । बाँस वा काठबाट बन्ने भएकाले यो वातावरण मैत्री पनि छ । यसले थोरै बलले ढिँडो बनाउन सकिने, समाउन तातो नहुने भएकाले ताप, बल र पर्यावरणसँग सम्बन्ध राख्छ । त्यसैले दाबिलोबाट विज्ञान विषयसँग सम्बन्ध राखेको पाइन्छ । "धन्यवाद"