ढाका टोपी

नमस्कार ! मेरो नाम समर्पण अधिकारी हो । म कक्षा ७ ' क ' मा अध्ययन गर्छु । मेरो विद्यालय को नाम वाणी विलास माध्यमिक विद्यालय हो । म आज ढाका टोपी को बारेमा बताउन जाँदै छु । ढाका टोपी एक नेपाली टोपी हो । नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका टोपी मुख्य हो । ढाका टोपीले नेवार समुदायको पहिचान जनाउँछ । ढाका टोपी ढाकाको कपडा बाट बनेको हुन्छ । ढाका टोपीले हामीलाई नेपाली भनेर पहिचान गराउँछ । ढाका टोपी नेपालीहरूको मौलिक पोसाक पनि हो । ढाका टोपीले टाउको ढाक्ने हुनाले यसलाई कालान्तरमा ढाका टोपी भनिएको हो ।

 नेपालीको शान, मान र पहिचान गुम्न नदिनका लागि अङ्ग्रेजी पात्रो अनुसार सन् २०१४ देखि नयाँ वर्ष जनवरी १ तारिखका दिन पारेर नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो | प्राय पुरुषहरूले यसलाई दौरा सुरुवालको साथमा पनि लगाउने गर्छन् । यो मुख्य रूपले नेपाल मण्डल उपत्यका नेवाहरूको मुख्य पहिरन भए पनि पछिल्लो समयमा पहाडी भू-भागमा बसोबास गर्ने प्राय सबै क्षेत्री, बाहुन र अन्य जातीका मानिसहरूले पनि परम्परागत रूपमा लगाउने गर्दछन् ।

परियोजना शिक्षक

Ganesh Prasad Pandey

सामाजिक

२०८१-०९-१७

सम्बन्धित पाेस्ट