नाङ्लो

मेरो नाम अविनाश तामाङ हो। म चार कक्षा मा पढ्छु। मेरो विद्यालयको नाम वाणी विलास माध्यमिक विद्यालय हो। म  नाङ्लोको बारेमा केही कुराहरू लेखन गइरहेको छु ।

हाम्रो समाजमा परम्परा देखि चली आएको पुराना सामाग्रीहरू धेरै छन् ।ती मध्ये नाङ्लो पनि एक प्रकारको घरेलु उपकरण हो, जुन प्राय: धान,गहुँ,जौ जस्ता अनेकाै खानेकुरा सफा गर्न प्रयोग गरिन्छ। यो विशेष गरी ग्रामीण क्षेत्रका मानिसहरूले पारम्परिक रूपमा प्रयोग गर्ने एक महत्त्वपूर्ण सामग्री हो। नाङ्लो सामान्यतया गोलाकार र सानो गहिरिएको हुन्छ। जसले गर्दा यसमा अन्न सजिलैसँग निफन्न सकिन्छ । निर्माण सामग्री ;नाङ्लो प्राय बाँसको चोयाबाट बन्छ। खानेकुरा निफन्नको लागि प्रयोग गरिन्छ ।

नाङ्लो एक प्रकारको गोलो र बाँसले बुनेको घरेलु सामग्री हो । यसको उपयोग मुख्यतः :अन्न सफा गर्न सुकाउन ,र घरायसी अन्य कामहरूमा गरिन्छ । यसलाई प्राय : बाँस निगालो वा अरू काठका लचिला कच्चा पदार्थबाट बनाइन्छ । नाङ्लो नेपालको ग्रामीण समुदायमा गहिरो सांस्कृतिकसँग अधिक महत्त्व राख्दछ । विशेष गरी अन्न सुकाउन काम लाग्छ ।

About English : A Nanglo is a flat round woveh tray. It is made of bamboo. It is used for winnowing . It separates dust and chaff from grains. 

परियोजना शिक्षक

Pramila Ghimire

सामाजिक

२०८१-०८-०७

सम्बन्धित पाेस्ट