नमस्ते मेरो नाम प्रजिसा चालिसे हो । म कक्षा ६ मा पढ्छु । मेरो विद्यालय नाम वाणी विलास माध्यमिक हो। मेरो समानको नाम दियो हो। दियो माटोको बनेको हुन्छ । पैला पैला सबैले प्रयोग गर्थ्यो । दियोलाई हामीले उज्यालोको लागि प्रयोग गर्छौ । दियोले हामीलाई अन्य चिजहरूमा उज्यालो दिने काम गर्छ । दियो घर सामग्री हो । यो सामग्री मन्दिर र घरको आँगनमा पूजा गर्न को लागि प्रयोग गरिन्छ । दियो बल्न तोरीको तेल र कपासको बत्ती चाहिन्छ । यो सामग्री प्राय नेवारी समुदायमा धेरै प्रयोग गर्दछ । यो सामग्रीलाई नेवारी समुदायमा पल भनिन्छ । यसमा कपास बत्ती वनस्पति घ्यु बाट पनि बाल्न सकिन्छ ।
यसले दियो नेपाली संस्कृतिमा विषय महत्त्व गर्दछ। र यसको उपयोगले सांस्कृतिक पहिचान र परम्परागत मूल्यहरूको संरक्षणमा सहयोग गर्छ।
नेपाली विषयमा दियोको इतिहास र सरस्वती महत्वको बारेमा एक रचना लेख्न सकिन्छ।
अङ्ग्रेजी विषयमा "The Importance of Diya in Festivals" शीर्षकमा एक निबन्ध लेख्न सकिन्छ ।
विज्ञान science विषयमा दियोमा प्रयोग गरिने सामग्रीहरूको अध्ययन गर्नुहोस् (जस्तो:तेल, बत्ती, माटो) र तिनीहरूको भौतिक र रासायनिक गुणहरूको विश्लेषण गर्ने गर्न सकिन्छ ।
गणित Mathematics विषयमा दियोको (व्यास, उचाइ र क्षेत्रफलको गणना गर्न सकिन्छ ।
सामाजिक Social Studies विषयमा दियोको प्रयोग परम्परा र विभिन्न चाडपर्वहरूमा यसको महत्वको बारेमा अनुसन्धान गर्न सकिन्छ।
दियो नेपाली संस्कृति र परम्परामा एक महत्त्व प्रकाश स्रोत हो। धन्यवाद ।