टपरी

नमस्ते, मेरो नाम अनुष्का घिमिरे हो म कक्षा छ वाणी विलास माध्यमिक विद्यालयमा पढ्छु। आज म मैले ल्याएको सामग्री टपरीको बारेमा भन्न गइरहेको छु। टपरी सालको पातबाट बनाइन्छ। यो पूजा वर्तमान बिहेमा प्रयोग हुन्छ। यो पूजामा नभै नहुने सामग्री हो। यसमा पूजामा चामल, माटो, धान, फलफूल, फूलपाती राखिन्छ। पहिले पहिले यसैमा भोज खाने चलन थियो। यो दुना र बोता भन्दा ठुलो हुन्छ। यसलाई बोता नभएको बेला जस्तै गरी प्रयोग गर्न सकिन्छ। दसैँमा हामीले यसैमा जमराहरू राख्छौ ।