विज्ञान प्रर्दशनी

 वाणी विलास माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले विज्ञान प्रर्दशनी गरेका छन् । विद्यार्थीहरूले विज्ञान प्रदर्शनीका ३४ ओटा स्टलहरु राखेका थिए । विद्यार्थीले प्रेसर कार नेपाली चन्द्रयान, वायुमण्डलीय प्रदुषण, विद्युतीय सामाग्रीलगायत घरायसी प्रयोजनका सामानहरू प्रदर्शनीमा राखेका थिए ।  विद्यार्थीहरुको सिकाई क्षमता बढाउन र प्रयोगात्मक सिकाइका लागि विज्ञान प्रर्दशनी राखिएको हाे।

प्रथम हुने टिमलाई ३ हजार , दोस्रोलाई २ हजार , तेस्रोलाई १ हजार र सान्त्वना हुनेलाई ५ सय रुपैयाँ नगद प्रदान गरिएकाे थियाे । गोदावरी नगरपालिका वडा नं. १० , ११ र १२ का निजी तथा सामुदायिक विद्यालयका २ सय विद्यार्थीले विज्ञान प्रदर्शनीको अवलोकन गरेका थिए । प्रदर्शनीको गोदावरी नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष निलबहादुर देसार, शिक्षा शाखाका प्रमुख दिनानाथ पन्थीले गरेका थिए । प्रेमपति जोशी र नानी राम संजेलले निर्णयकको भूमिका निर्वाह गरेका थिए । 

सम्पर्क ठेगाना

वाणी विलास माध्यमिक विद्यालय

चापागाउँ, गाेदावरी नगरपालिका-११, ललितपुर, बागमती प्रदेश

फोन नं.: ०१५२६५४२६

इमेल: banibilas2010@gmial.com