परम्परागत प्रविधि हर्पे

नमस्ते ! म सबिना सन्जेल कक्षा १० मा अध्ययनरत छु । म हर्पे एक परम्परागत सीप र अध्ययन विषयमा परियोजना कार्य प्रस्तुत गर्न गइरहेको छु ।

हर्पे धार्मिक र सांस्कृतिक पहिचानसँग सम्बन्धित एउटा परम्परागत सामाग्री हो । हर्पे जैविक पदार्थ काठबाट बनेको हुन्छ । हर्पेको आकार लाम्चो हुन्छ । यो दियो,बत्ती जस्तै कचौरा आकारको हुन्छ । तर दियो भन्दा ठुलो हुन्छ । यो विशेष गरी अन्य जातजाति बिचको समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको छ ।यो छेत्री जातिको परम्परागत दही,मही,खाने भाडा हो ।छेत्री जातिको भोज ,भतेर जात्रा,विवाह,व्रतबन्ध,विभिन्न धार्मिक तथा सांस्कृतिक काममा शुद्ध भाडामा दही राखी भगवानलाई अर्पण गर्न प्रयोग गरिछ ।यसको कलर कठको कालो रङ्गको सहज र उपयोगी भयकाले यसको प्रयोग छेत्री समुदायमा निक्कै नै प्रचलित रहेको छ ।

हर्पेको प्रयोग काठमाडौँ उपत्यकामा निकै पुरानो मानिन्छ ।कठको बन्ने यस्ता सामग्रीहरू छेत्री समुदाय भित्रका प्रजापति समुदायका एक परम्परागत पेसा हो ।परम्परा देखि नै यसको प्रयोग हुँदै आइरहेको छ ।उपत्यकामा बन्ने यस्ता काठको सामाग्रीहरूको देश भरिनै प्रख्यात रहेको मानिन्छ ।देशको विभिन्न समुदायले आफ्नो आवश्यकता अनुसार यसको प्रयोग गरिन्छ ।हर्पे दही मही राख्नको लागि पनि प्रयोग गरिन्छ । हिजोआज छेत्री समुदायमा हर्पे भन्दा बजारमा पाइने काठको सामग्री प्रचलनमा बढी भएको मानिन्छ । उपत्यकामा भएको तीव्र सहरीकरण ,हर्पेको लागि आवश्यक सामाग्रीहरू काठ, बजार,दक्ष जनशक्तिको अभाव जस्ता कारणले हर्पेको प्रयोगमा निकै कम भयको पाइन्छ । काठको तुलनामा हर्पे वातावरण मैत्री हुँदा हुँदै पनि यसको प्रयोग कम हुनु चिन्ताको विषय बनेको छ ।पर्यावरण मैत्री समाज निर्माणको लागी हर्पेको पुर्न उपयोगमा ल्याउन प्रभावकारी विधिको खोज गरी उद्यमी बन्ने अवसर पनि छ ।

अब म मेरो परियोजना हर्पेको बारेमा नेपाली ,अंग्रेजी,गणित,सामाजिक र विज्ञान जोडेर लेख्न गइरहेको छु ।

नेपाली : नेपालमा हर्पे नाममा प्रचलित काठको भाँडा हो । हर्पेको दही मही राख्नको लागि पनि प्रयोग गरिन्छ । विशेष किसिमको काठको प्रयोग गरेर हर्पे बनाइन्छ ।

अङ्ग्रेजी : A pot (Harpe) is traditional household materials that is made from wood. It has a hemispherical shape . It holds cultural importance,especiallt in the Nepali community . It the xeytri community,the harpe is used in cultural events such as other ceremonies . It is used to keep curd, ghee and oil.

गणित: हर्पेको पूर्ण भाग निकाल्न T.S.A र C.S.A आदि पनि निकाल्न सकिन्छ ।

सामाजिक: हर्पे एक नेपालको प्रचलित परम्परागत प्रविधि हो ।हर्पेलाई हामीले उपयोगी प्रविधि मानिन्छ ।

 विज्ञान: यो काठबाट बनेको हुन्छ । हर्पेको निर्माणमा प्रयोग गरिएको सामग्रीहरूको गुण जस्तै सारो र टिकाउपनको हुन्छ ।

यस परियोजना कार्य गर्दा पहिले परम्परागत सामाग्री घरबाट विद्यालय ल्याए । त्यसपछि शिक्षकलाई हर्पेको अभिलेख राख्नुभयो । विद्यालयमा स्थानीय सङ्ग्रहालयको निर्माण भइरहेको छ ।यहाँ प्रदर्शनमा राखे । म्युजियम कार्ड बनाए । विषयगत रूपमा सामग्रीको बारेमा लेखे । यो परियोजना कार्यबाट मैले धेरै कुरा सिक्ने मौका पाए । यो काम गरेर मलाइ धेरै खुसी लागेको छ ।  

परियोजना शिक्षक

Deepak Kumar Sharma

सामाजिक

२०८१-०८-०६

सम्बन्धित पाेस्ट