परम्परागत डाली

नमस्ते! मेरो नाम सुष्मा तामाङ हो। म कक्षा १० मा पढ्छु।मेरो विद्यालयको नाम वाणी विलास माध्यमिक विद्यालय हो। यो चापा गाउँ, ललितपुरमा पर्दछ। म डालीको बारेमा परियोजना कार्य प्रस्तुत गर्न गइरहेको छु।

मेरो घरमा पहिलेदेखि नै डालीको प्रयोग गरिन्थ्यो। डालीलाई परम्परागत सिप र खेर गएका आधुनिक सामाग्री मिलाएर बनाइएको छ। डाली सामानहरू राख्नलाई पनि प्रयोग गरिन्छ। डाली गोलो आकारको हुन्छ। पहिले पहिले गाउँघरमा मानिसहरूले डालीको प्रयोग धेरै गर्थे। अहिले पनि गाउँघरमा प्रयोग त गर्छन् तर पहिले जस्तो सबै जसो ले डालीको प्रयोग गरेको भने पाइँदैन। किनभने अहिले प्लास्टिकको सामानको कारण यसको प्रयोग कम भएको छ। डाली बाँसको चोयाबाट बनेको एक प्रविधि हो। डालीमा मकै , धान , गहुँ , कोदो आदि गरी अरू सामानहरू लाई पनि राख्न प्रयोग गर्न सक्छौ। डालीको प्रयोग सहर तिर त्यति न भए पनि गाउँघरमा भने अहिले पनि सबै जसो ले प्रयोग गरिन्छ। यस्ता प्रविधि स्थानीय साधन, स्रोत र सिपमा आधारित छ। त्यस कारण यस्ता ज्ञान, सिप र प्रविधिको संरक्षण गरी हामीले हाम्रो मौलिक परम्परालाई जोगाउनु हामी सबैको दायित्व हो।

डालीलाई तामाङ बाट ढक्की, नेवारीमा डाल्चा, लिम्बुमा पेण्चा भनिन्छ भने राईमा डाली नै बनाइन्छ। जस्तै कि बाँसको चोयाबाट बनेकाले यसले वातावरणलाई प्रदूषित गर्दैन। डाली इतिहासमा पनि निकै पुरानो रहेको प्रचलित सामाग्री हो । अब म यस डालीलाई नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक र विज्ञान विषय तर्फ जोडेर केही कुराहरू प्रस्तुत गर्न चाहन्छु।

डालीलाई नेपाली विषय जोडने प्रयास गर्दै छु । नेपाली विषयबाट हामीले शब्द अर्थ,कविता,कथा, वाक्य हरू पनि बनाउन सक्छौँ । मैले वाक्य बनाउन गइरहेको छु। डाली=आमाले डाली बनाएर बजारमा बेच्नु भयो।

अब म डालीलाई अङ्ग्रेजी विषय जोडेर प्रस्तुत गर्दै छु । हामीले नेपालीको वाक्य बनाए जस्तै अङ्ग्रेजी को पनि (Introduction paragraph) लेख्न सक्छौ।

[Introduction of Dali]

"Dali" refers to a traditional deep vessel made of bamboo or nigaalo woven with choya , used for carrying or storing rice and other grains which is smaller than "Dalo".In English basket is used for many things . There are different types of basket .It is made from bamboo.It is traditional household item. It is specially used in communities like Tamang, Newar, Rai, Limbu.

अब म डालीलाई गणित विषय जोडेर प्रस्तुत गर्दै छु । गणित विषय अन्तर्गत डालीको (diameter,radius,volume) पूर्ण भाग निकाल्न, क्षेत्रफल निकाल्न सक्छौ।

अब म डालीलाई सामाजिक विषय जोडेर प्रस्तुत गर्दै छु । सामाजिक विषय अनुसार डाली घरायसी सामाग्री हो। हाम्रो परम्परागत अनुसार पहिला देखि नै निकै चलिआएको डाली हो । परम्परा देखि चलिआएको ले हामीले यस डाली र अन्य समाज मा प्रचलित भएका पुराना सामानहरूलाई संरक्षण गर्नु पर्छ।

अब म डालीलाई विज्ञान विषय जोडेर प्रस्तुत गर्दै छु । विज्ञान विषय अनुसार डाली एउटा लचक दार बाँसबाट भनेको सामाग्री हो । लचकदार र लामो समय टिकाउ र सजिलै बुन्न सक्ने र यसमा राखेका खानेकुरा सुरक्षित रहने वा नकुहिने भएकाले यो विज्ञान सम्मत छ ।

मैले यस परियोजनाबाट धेरै राम्रो कुराहरू सिके। हामीले हाम्रो पुरानो प्रचलित सामाग्रीहरूलाई संरक्षण गर्नु पर्छ। हामीले हाम्रो समाजमा प्रचलित सामानहरूबाट नि धेरै कुरा हरू सिक्न पाउने रहिछौ । जस्तै की हामीले पुरानो सामाग्रीबाट नेपाली विषय, अङ्ग्रेजी विषय, गणित विषय , सामाजिक विषय र विज्ञान विषय पनि सिक्न पाउने रहिछौ। हामीले सबै विषयबाट केही न केही कुराहरू सिक्न र जान्न पाउने रहिछौ। हामीले यस परियोजना साथीहरूसँग ग्रुप ग्रुप मिलेर गरेका थियौ । हामीले सँगै ग्रुप मिलेर परियोजना गर्दा एक अर्काबाट नि धेरै नजानेका कुराहरू पनि सिक्याै। यो परियोजना कार्य गर्दा हामीले सबैलाई बुझ्न पनि सक्ने रहिछौ ।

परियोजना शिक्षक

Deepak Kumar Sharma

सामाजिक

२०८१-०८-०६

सम्बन्धित पाेस्ट