नमस्कार ! मरो नाम जेनिशा दुलाल हो। म चाप गाउँ,ललितपुर ११ मा बस्छु। म वाणी विलास विद्यालयमा कक्षा ८ को विद्यार्थी हुँ ।
पन्योउ एउटा खाना पकाउने साधन हो। यसको बनोट चम्चा जस्तो भए पनि यो आकार ठुलो हुन्छ। यो तरकारी चलाउन खान पस्कन लागि प्रयोग हुन्छ। अहिले सबै भाँडा सिल्भरका भाँडा आउन थालका छन्। यो नेपालीको घर घर मा सधैँ प्रयोग हुन्छ।
यसलाई नेवारी भाषामा पनु भनिन्छ। तामाङ भाषा मा कयता भनिन्छ । यसलाई भोजपुरी मा छोल्ने बनिन्छ। अङ्ग्रेजी मा 'ladle" भनिन्छ।
पन्योउलाई हामी विभिन्न विषयसँग जोडेर अध्ययन गर्न सक्छौ।
सामाजिक अध्ययनमा पन्योउः पन्योउ हाम्रो विगत सँग जोडेको छ। पन्योउ दैनिकी जस्तो नेपालीको घरमा प्रयोग हुन्छ। यो तरकारी चलाउन भात पस्केन आदि प्रयोग हुन्छ। पहिले पहिले पन्याेउ तामाको, काठको बन्थ्यो भने अहिले सिल्भर माटोको बन्छ।
नेपाली अध्ययनमा पन्योउः पन्योउ नाम पद शब्द हो। यसलाई हामी अनेक कुरासँग जोड्न सक्छौ। जस्तै कविता ,नाटक ,कथा आदि सँग जोडेर लेख्न सक्छौ।
गणित अध्ययनमा पन्योउः समान्तर र डोलो वा चेप्टो भएको अनि अगाडि पटी चेप्टो र फराकिलो रहेको कारण भात आदि चलाउन वा पस्कन सजिलो हुन्छ । यसको क्षेत्रफल, वजन र मूल्य निकाल्न सकिन्छ ।
विज्ञान अध्ययनमा पन्योउः यो चैँ फलामबाट बनेको हुन्छ। यसलाई तातो खाना चलाउन र पस्कन सजिलो हुन्छ । यो बलियो पनि हुन्छ ।
अङ्ग्रेजी अध्ययनमा पन्योउः ' Ladle is an utensil typically made of metal with a flat base and rised sids commonly used for cooking rice a pan . it is easy to use.
मलाई यो कम गर्दा सरहरूले पनि धरै सहयोग गर्नु भयो। हामीले यो गर्दा एक अर्कालाई सहयोग गर्दै काम गर्याै । यो काम गर्दा निकै रमाइलो भयो । मलाई चैँ मिनी नेपालमा काम गर्न पाउँदा निकै खुसी लागको छ।