नमस्कार ! म कक्षा १० मा अध्ययनरत छात्रा खुसी खड्का हो । म सामाजिक अध्याय तथा मानव मूल्य शिक्षा विषय भित्रको अन्तर्गत हाम्रा परम्परागत प्रविधि वा सीप विषय अन्तर्गत परियोजना कार्यको प्रस्तुत गरेको छु । मेरो विषय दियो धागो र कपासको बत्ती हो ।
एक परम्परागत सीप र अध्ययन गरिएको ऐतिहासिक उपकरण धागो र कपासको बत्तीको बारेमा बताउँदै छु । धागो बत्तीको प्रयोग धेरै ठाउँमा राखिन्छ ।धागो बत्ती कपास र धागोको प्रयोगबाट बनाइन्छ । धागो बत्ती दियोमा तेलको प्रयोग गरेर बालिन्छ । बत्ती बल्दा कालो धुवाँ निस्किन्छ । मठ ,मन्दिर आदि सबै ठाउँमा नै यसको प्रयोग गरिन्छ ।यो हेर्दा खेरि सामान्य देखिन्छ । तर यसको धेरै नै महत्त्व मानिन्छ । यो धागोमा कपासको बत्ती दियोमा तेल राखेर बालिने गरिन्छ । सबै मानिसले आफ्नो ठाउँ र संस्कृति अनुसार धागो बत्तीको फरक फरक बनावट र फरक फरक प्रयोग गर्न तरिका रहेको हुन्छ । मैले लेखेको बत्ती धागो कपासबाट बनाइने बत्ती हो ।यो बत्ती धागो कपासबाट आफ्नै घरमा बनाई सकिन्छ । यस बत्ती पहिला देखि पूजा पाठ गर्न चालिएको बत्ती अहिलेको युग सम्म पनि मानिसहरूले आफ्नो हातको प्रयोगबाट बनाउने गर्छन् ।
यसलाई हामीले विभिन्न विषयसँग जोडेर पनि अध्ययन गर्न सकिन्छ ।धागो बत्तीको धागोलाई हामीले धेरै विषयसँग जोडेर अध्याय गर्न पनि सकिन्छ । मैले यो परियोजना कक्षा १० को नेपाली ,अङ्ग्रेजी,गणित,सामाजिक,विज्ञान विषयसँग जोडेर गरिएको अध्ययनको बारेमा लेखन गइरहेको छु ।
नेपाली विषयमा दियो धागो बत्ती बारेमा अध्ययन गर्न चाहन्छु ।
हामीले धागो बत्तीलाई विषयसँग जोडेर हेर्दा चाडपर्वमा पूजा गर्दा कपासको उदाहरण प्रयोग गर्थे र त्यस बेला पूजा गर्ने बत्ती थिएन सबैले धागो बत्ती बाल्दथे । नेपालमा धागो बत्ती अनुच्छेद लेखन वाक्यमा प्रयोग गरेर वाक्य बनाउन सकिन्छ । यसको बारेमा कथा, कविता, निबन्ध जस्ता धेरै कुरा लेख्न सकिन्छ ।
विज्ञान तथा प्रविधिमा धागो बत्ती कसरी अध्ययन गर्न सकिन्छ हेरौँ है त ।
यो उपकरण ऊर्जा ,प्रकाश र तापक्रमसँग सम्बन्धित देखिन्छ । यसै कारण धागो बत्ती विज्ञान विषयसँग पनि रहेको हुन्छ । दियोमा राखिने तेल ऊर्जा हो यसको प्रयोगबाट ताप र प्रकाश निस्किन्छ । त्यसैले यो एक साधारण यन्त्र हो । तेललाई रासायनिक रूपमा प्रस्तुत गर्न सकिन्छ । दियोलाई माटोको प्रयोगले बनाउन सकिन्छ । माटोको अध्ययन गर्न सकिन्छ । धागो कपास र धागोको मदतले दियो बाल्ने गरिन्छ ।
सामाजिक अध्ययनमा धागो बत्तीको बारेमा अध्ययन गर्न चाहन्छु ।
धागो बत्ती परम्परागत दियो बत्ती बालिने प्रविधि हो । पहिलेका र अहिलेका गाउँ वा सहर सबै ठाउँमा पूजा गर्दा बालिने गरिन्छ यो दियो बत्ती ।
म दियो बत्तीको गणित विषयसँग जोड्न चाहन्छु ।
मैले सोचाइ अनुसार दियो र धागो बत्तीलाई गणित विषयसँग जोडेर हेर्दा हामीले यसको माध्यमबाट क्षेत्रफल निकाल्न सकिन्छ । यसको तौल पनि निकाल्न सकिन्छ । ज्यामितीय आकारमा क्षेत्रफल निकाल्न सकिन्छ ।
_ C.S.A= सतहको पनि क्षेत्रफल पनि निकाल्न सकिन्छ ।
- T.S.A= पुरै सतहको क्षेत्रफल निकाल्न सकिन्छ ।
T.V =यसको पुरै आयात निकाल्न सकिन्छ ।
दियो धागो बत्तीको भाग पुरै लम्बाई र चौडाइ दुवै निकाल्न सकिन्छ ।
म दियो धागो बत्तीको अङ्ग्रेजी विषयसँग जोड्न चाहन्छु ।
I am writing a paragraph about the historical the oil lamp or cotton trade . It used the oil lamp. Diyo gives us a traditional materials which gave the identify of the ancestors lifestyle and way of life.
स्वास्थ्य तथा वातावरण विषयसँग दियो धागो बत्ती जोड्न चाहन्छु । स्वास्थ्य तथा वातावरण विषयसँग पनि दियो धागो बत्तीको सबन्ध रहेको पाएको छु ।धागो बत्ती वातावरण तथा मानव स्वास्थ्यको लागि सकारात्मक रहेको छ । दियोमा तेल राखेर धागो बत्ती पनि राखेर दियोमा बाल्ने गरिन्छ ।
मैले यस बारेमा सबैसँग सोध खोज गरेर लेख्दा मलाई अत्यन्तै रमाइलो लागेको छ । यस दियो र बत्ती सबै विषयसँग सम्बन्धित रहेको छ । यसमा मैले धेरै राम्रो खालको कुराहरू जानकारी पाएको छु । यति शब्द भन्दै मैले यस भनाइलाई यहाँ नै टुङ्ग्याएको छु ।