नमस्ते मेरो नाम समृद्धि राना मगर हो । म कक्षा आठमा पढ्छु । मेरो विद्यालयको नाम वाणी विलास माध्यमिक विद्यालय हो । आज म बन्चरोको बारेमा परियोजना कार्य प्रस्तुत गर्दै छु ।
बन्चरो एउटा घरेलु सामान हो । बन्चरो एउटा परम्परागत औजार हो, जुन मुख्य रूपमा काठ काट्न, रुख काट्न, र जङ्गलका अन्य कार्यहरूमा प्रयोग गरिन्छ । बन्चरो दुई मुख्य भागमा बढिएको हुन्छ । बन्चरोको बिँड काठले र धारिलो चिज चाही बाक्लो फलामले बनेको हुन्छ । बन्चरोलाई अङ्ग्रेजीमा AXE भनिन्छ । बन्चरो प्राचीन कालदेखि चलाउँदै आइरहेको हो । हामीले यसलाई विभिन्न विषयसँग जस्तै नेपाली, गणित, अङ्ग्रेजी, सामाजिक,र विज्ञान विषयहरूमा अध्ययन गर्दा हामीले जानेको कुरा यस प्रकारका छन् ।
यसलाई विज्ञान विषय अन्तर्गत अध्ययन गर्दा :
यस विज्ञान परियोजनामा बन्चरोको निर्माणमा प्रयोग हुने सामाग्रीहरू ( फलाम र काठ ) का विशेषताको अध्ययन गर्न सकिन्छ । यसको काठ काट्ने क्षमता र धारको कोणको प्रभावलाई अध्ययन गरेको छु ।
क ) फलाम गुणहरू : फलामको उच्च सघनताले बन्चरोको बिँडलाई बलियो बनाउँछ जसले काट्दा बलियो दबाब पार्न मद्दत गर्छ ।
कडाइ ( hardness )
फलाम अत्यधिक कठोर र बलियो हुन्छन् । बन्चरोको बिँडलाई आवश्यक पर्ने कठोरता फलामले पुरा गर्दछ । कठोर सामग्रीले काठलाई सजिलै छेडेर काट्न मदत गर्छ । जसले गर्दा कम बल प्रयोग गरेर कम सम्पन्न गर्न सकिन्छ ।
काठको घनत्व ( wood density )
बन्चरोको ह्यान्डल बनाउन बलियो काठ, जस्तै साल वा सिसौको काठ उपयोग गरिन्छ । यसलाई बलियो गरी समाउन सकिन्छ र बन्चरो चलाउन सजिलो बन्छ ।
धारको कोण र प्रभाव : बन्चरोको धारको कोणले यसको काट्ने क्षमतामा ठुलो असर पर्दछ । ब्लेडको धारलाई साधरणतया लगभग 250 -30 को कोणमा बनाउँछ ।
English : In english it is called an axe . It is made of wood and metal. It is used to cut trees, woods . Axe has been in used since ancient times . We can find easily at our home . Axe is an useful things . Mostly it is used in villages . It is very useful for villagers.An axe is an useful thing. We need to use different kind of rock to make an axe sharper .
सामाजिक विषय : बन्चरो एक प्रकारको घरेलु साधन हो । यो गाउँघर तिर धेरै प्रयोग हुन्छ । यो बन्चरो रुख, दाउरा काट्न प्रयोग गरिन्छ । बन्चरो एउटा परम्परागत औजार हो । बन्चरो दुई मुख्य भागमा बाँडिएको हुन्छ । यसलाई विभिन्न भाषामा पनि बोलाइन्छ ।
तामाङ = तरी
राई = बन्चरो
मगर = बन्चरो
गणित विषय : बन्चरोको धारको क्षेत्रफल निम्न सूत्र प्रयोग गरेर गणना गर्न सकिन्छ । यदि एक बन्चरोको धारको आकार आयातकार छ भने A = l x b
यस परियोजना कार्य सम्पन्न गरे । यो काम गर्दा मैले धेरै कुरा सिके । धन्यवाद ।