नमस्कार! मेरो नाम बसन्त दाहाल हो। म वाणी विलास माध्यमिक विद्यालय कक्षा सातमा अध्ययनरत छु। आज म हँसियाको बारेमा परियोजना कार्य गर्न जाँदै छु।
हँसिया एक पुरानो कृषि औजार हो, जसले खेतको बाली, घाँस र तरकारी काट्न मदत गर्छ। यसको टुप्पोमा घुमाउरो फलामको पातो हुन्छ। नेपाल जस्तो कृषि प्रधान देशमा हँसिया सजिलो, सस्तो र घरेलु उपयोगको औजार हो, जसले ग्रामीण जीवनमा अझै धेरै महत्त्वपूर्ण भूमिका खेल्छ।
आधुनिक यन्त्र आए पनि हँसियाको प्रयोग अझै धेरै गरिन्छ। विशेष गरी ग्रामीण क्षेत्रमा यो किसानहरूको दैनिकीमा अति उपयोगी छ। यो हलुका र चलाउन सजिलो भएकाले सबै उमेरका मानिसहरूले सहजै चलाउन सक्छन्। हँसिया हाम्रो परम्परागत कृषि संस्कृति र जीवनशैलीको प्रतीक पनि हो।
अब म परियोजना कार्य अन्तर्गत हाँसिया लाई ५ वटा विषय नेपाली, सामाजिक, अङ्ग्रेजी, गणित, र विज्ञानसँग प्रस्तुत गर्न चाहन्छु।
१. नेपाली विषय अन्तर्गत:-
हँसिया भनेको एउटा औजार हो। यो एकवचन निर्जीव वस्तु हो, जसलाई मुख्य रूपमा खेतीपातीका काममा प्रयोग गरिन्छ। धारिलो र अर्ध चन्द्र आकारको हुने हँसिया घाँस, बाली तथा अन्य सामग्री काट्न उपयोगी हुन्छ। हामी यसबाट कविता, अनुच्छेद, नाटक, कथा आदि लेख्न सक्छौँ। त्यो मध्या म एक कविता लेख्न चाहन्छु।
हँसिया
हँसिया एक साथी हो,
बाली काट्न मदत गर्छ यो।
घाँस काट्न र दाउरा,
यो प्रयोग गर्छ सबै जना।
सजिलो छ समाउन,
काम गर्दा धेरै मदत गर्छ।
पुरानो भए पनि राम्रो,
हँसिया सबैलाई मन पर्छ।
अब म परियोजना कार्यलाई अङ्ग्रेजी विषयतर्फ जोड्न चाहन्छु।
२. अङ्ग्रेजी विषय अन्तर्गत:-
The sickle is an old farming tool used to cut crops, grass, and vegetables. It has a curved iron blade at the tip. In a farming country like Nepal, the sickle is a simple, cheap, and locally used tool that is still very important in rural life. Even though modern machines are available, the sickle is still used a lot. It is especially useful in rural areas for farmers. Its light weight make it easy for people of all ages to use. The sickle is also a symbol of our traditional farming culture.
अब म परियोजना कार्यलाई गणित विषयतर्फ जोड्न चाहन्छु।
३. गणित विषय अन्तर्गत :-
यो हँसिया अर्ध वृत्ताकार र बेलनाकार आकारको उपकरण हो। यसको क्षेत्रफल र आयतन दुवै पत्ता लगाउन सकिन्छ। अहिले म यसको क्षेत्रफल पत्ता लगाउँदै छु।
प्रश्न:
यदि हँसियाको लम्बाइ २८ से.मि र चौडाइ ५.५ से.मि छ भने, यसको क्षेत्रफल पत्ता लगाउनुहोस्।
समाधान:
हँसियाको लम्बाइ (ल) = २८ से.मि
हँसियाको चौडाइ (च) = ५.५ से.मि
हँसियाको क्षेत्रफल (क्षे) = ?
अब,
हँसियाको क्षेत्रफल = ल × च
= २८ × ५.५
= १५४ से.मि²
∴ हँसियाको क्षेत्रफल = १५४ से.मि²
अब म परियोजना कार्यलाई विज्ञान विषयतर्फ जोड्न चाहन्छु।
४.विज्ञान विषय अन्तर्गत:
यो एक परम्परागत र सरल यन्त्र हो। यसलाई कृषि काममा प्रयोग गरिन्छ। यसमा एउटा ह्यान्डल छ, जसले गर्दा राम्रो पकड दिन्छ र यसलाई सजिलै प्रयोग गर्न मदत गर्दछ। यसलाई धेरै पटक तिखार्न र धेरै पटक प्रयोग गर्न मिल्ने गरी बनाइएको हो। यो तेस्रो प्रकारको लिभर हो, जसमा बल फल क्रम र लोडको बिचमा लगाइन्छ। यो यन्त्र किसानका लागि एकदमै उपयोगी छ, जसले समय र मेहनत बचाउँछ।अब म परियोजना कार्यलाई सामाजिक विषयतर्फ जोड्न चाहन्छु।
५. सामाजिक विषय अन्तर्गत:
हँसिया विशेष गरी गाउँघरमा धेरै प्रयोग हुन्छ। हँसिया परम्परागत औजार हो, जसले हाम्रो परम्परा बुझाउँछ। कृषि समाजमा यसको ठुलो महत्त्व छ र यसले किसानहरूको ठुला भूमिका खेल्दछ। आधुनिक यन्त्रहरू आए पनि ग्रामीण क्षेत्रमा हँसियाको प्रयोग जारी छ।
निष्कर्ष:
यसरी सबै विषयसँग जोडेर परियोजना कार्य गर्दा मलाई यसको बारेमा धेरै थाहा पाउन मदत गर्यो—यो के हो, कस्तो हो, कसरी काम गर्छ आदि। यो परियोजना कार्यकै कारणले मैले समूहमा बसेर काम गर्न सिकेँ र कम्प्युटर सिप जस्ता नयाँ सीप पनि सिकेँ। मेरा सबै सीपहरूको कारणले यो परियोजना कार्य गर्न मलाई धेरै सजिलो भयो। म सबै शिक्षकहरूलाई धन्यवाद भन्न चाहन्छु। समग्रमा, यो परियोजना कार्य गर्दा मलाई धेरै खुसी महसुस भयो।
धन्यवाद ।