नमस्ते ! मेरो नाम निशा तामाङ हो । म कक्षा १० मा पढ्छु । मेरो विद्यालयको नाम वाणी विलास माध्यमिक विद्यालय हो । यो चापागाँउ ललितपुरमा पर्छ । म चकटीको बारेमा परियोजना कार्य प्रस्तुत गर्न गइरहेको छु । सामाजिक अध्ययन विषयको परम्परागत ज्ञान र प्रविधि भने पाठ अन्तर्गत खोजी गर्न क्रममा मैले चकटी पाए।
चकटी एउटा परम्परागत बस्ने सामग्री चकटीको महत्पूर्ण र यसको निर्माण प्रक्रिया बुझ्न सकिन्छ। चकटीका सामग्रीहरूको अध्ययन र यसले वातावरण पर्ने प्रभाव पर्दैन । चकटीका आकरहरू विभिन्न विभिन्न खालका हुन्छन् र चकटीको आकार, वजन र व्यवहारिक प्रयोगको गणना हुन्छ। पहिला पहिला गाउँघरमा चकटीको धेरै प्रयोग गर्थ्यो। चकटीको प्रयोग अहिले पनि छ। तर पहिला जस्तो त्यत्ति धेरै प्रयोग गर्दैनन्। चकटी एक पराल, खोस्टा आदिबाट बनेका एक प्रविधि हो । चकटीमा बस्न र सुत्न पनि मिल्छ । चकटी एक घरायसी सामग्री हो । चकटी स्थानीय साधन, स्रोत र सीमामा आधारित हुने प्रविधि हो । त्यस कारण यस्ता ज्ञान, सिए र प्रविधिको संरक्षण हाम्रो मौलिक परम्परालाई जोगाउनु हामी सबैको दायित्व हो ।
चकटीलाई तामाङ भाषामा सुकुल भन्छन्, र नेवारी भाषामा चक्ला सुकुल र त्यस्तै गरी भोजपुरीमा पिरा भनिन्छ। यो चकटीहरूको पनि इतिहास पनि निकै पुरानो रहेको सामग्रीहरू पाइन्छ। यो सबै महत्पूर्ण प्रविधि हो ।
अब म यस चकटीलाई अङ्ग्रेजी जोडेर प्रस्तुत गर्न चाहन्छु। अङ्ग्रेजी विषयमा यसको परिचय दिएको छु " Chakati is a small maत that is locally made in our village . It is made out of " MAKAI KO KHASTA." It is use to sit and sleep.
गणित विषयमा जोड्दा यस चकटीको पूर्ण भाग निकाल्न सकिन्छ जस्तै T.S.A अनि C.S.A आदि पनि निकाल्न सकिन्छ।
सामाजिक विषयमा: सामाजिक परम्परागत सीप र खेर गएका आधुनिक सामग्री मिलाएर बनाइएको छ । चकटी मानिस बस्न लाई अनि सुत्न लाई बनाएको हो।
मैले यस परियोजनाबाट सिकेको कुरा हाम्रो समाजमा अहिले चकटी मात्र नभई निकै पुरानो पुरानो सामग्रीहरू हराइरहेको छ । यिनीहरूको प्रयोग निकै कम भएको छ। यिनीहरूको संरक्षण गर्न हामीले यिनीहरूको बारेमा जानकारी पाउनु पर्ने रहेछ । मैले यस परियोजना कार्यबाट धेरै कुराहरू सिकेको छु ।