कृषिमा प्रयोग हुने हँसिया

नमस्कार, मेरो नाम नम्रता घलान हो। म वाणी विलास माध्यमिक विद्यालयमा पढ्छु। म कक्षा ७ मा अध्ययन गर्छु। मेरो परियोजना कार्यको नाम हँसिया हो।

अब म परियोजना कार्य अन्तर्गत हँसियालाई पाँच वटा विषय सँग जोड्न चाहन्छु। नेपाली, अङ्ग्रेजी,सामाजिक,विज्ञान, गणित विषयहरू

नेपाली विषय अन्तर्गत: हँसिया नाम, निर्जीव हो। नेपाली विषय अन्तर्गत हामीले कथा, आत्मा परक, अनुच्छेद, कविता, निबन्ध, यो सबै माध्यम बाट म एउटा मा प्रस्तुति दिन्छु। म आत्मकथामा प्रस्तुति दिन्छु।

आत्मा फरक हँसिया: म हँसिया हु। मलाई हातले समातेर प्रयोग गरिन्छ। मैले घाँस पराल आदि काट्न सक्छ। मलाई मानिसले पहिला पहिला पनि प्रयोग गरिन्थ्यो। र अहिले पनि म धेरै प्रयोग हुन्छु। मैले परम्परागत खेतीका पदार्थ हरूलाई निरन्तरता दिन मद्दत गर्छु। म सबैभन्दा पुरानो घटाई औजारहरूमध्ये एक आज पनि व्यापक रूपमा प्रयोग हुन्छ।

अब म अङ्ग्रेजी विषयसँग जोड्न चाहन्छु। अङ्ग्रेजी विषय story, poem, introductory paragraph, essay, dialogue, personification जस्ता धेरै कुराहरू अध्ययन गर्न सकिन्छ ।

अङ्ग्रेजी विषय अन्तर्गत म personification-story लेख्ने प्रयास गर्दै छु ।

Hello! I am Sikle. I am agricultural tool. I am made of iron and wood. People use me to cut grass, wood and grains. I am simple mechine. I am refer to a traditional cutting instrument.

अब म गणित विषयसँग जोड्न चाहन्छु।

गणित विषय अन्तर्गत: हँसिया को आकार माथिल्लो भागको अर्थ वृत्त आकार र तल्लोको भाग सिलिन्डरको आकार हो। यसबाट क्षेत्रफल, आयतन, तौल, क्रय मूल्य, विक्री मूल्य जस्ता धेरै कुराको अध्ययन गर्न सकिन्छ ।

अब म विज्ञान विषय सँग जोड्न चाहन्छु।

विज्ञान विषय अन्तर्गत: हँसिया एक साधारण यन्त्र हो। हँसियालाई अर्ध वृत्तकार बनाउनुको कारण थोरै बलमा धेरै घाँस, पराल काट्न सकोस् भनेर हो । हँसियालाई चुच्चो बनाउनुको कारण घाँस राम्रोसँग काटोस् भनेर हो । यसमा बल, हँसियाको फलाम र काठको बारेमा वैज्ञानिक अध्ययन गर्न सकिन्छ ।

अब म सामाजिक विषयसँग जोड्न चाहन्छु।

सामाजिक विषय अन्तर्गत: हँसिया एक परम्परागत मा पर्दछ यसले मूल्य मान्यता बुझाउँछ रसिया हरेक ठाउँमा फरक फरक को हुन्छ। हँसियालाई धेरै भाषाबाट भन्न सकिन्छ। जस्तै कि नेवारीबाट हँसियालाई ई भनिन्छ भने तामाङबाट ग्वारे भन्छ भने भोजपुरी भाषामा हँसुवा भनिन्छ। र अङ्ग्रेजी भाषामा Sickle पनि भनिन्छ। नेपाली शब्दकोश अनुसार ना ० (हँसियालाई पहिला पहिला असिए भनिन्थ्यो। हँसिया भिड समातेर घाँस पराल आदि काट्न टुप्पो सम्म घुमेको फलाम मे हतियार हो।

यसरी मैले सबै विषयहरूसँग जोडे र यो परियोजना कार्य गरेर मलाई धेरै खुसी लाग्यो । यहाँबाट मैले धेरै किसिमको हँसियाको बारे थाहा पाए । सामान्य किसिमको यन्त्रहरू पनि हामीलाई चाहिने रहेछ भनेर मैले थाहा पाए। धन्यवाद।

सम्बन्धित पाेस्ट