खुर्पी अर्थात खुर्पा

नमस्कार ! मेरो नाम स्वस्तिका लामिछाने हो। म वाणी विलास माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययन गर्छु। मैले सामाजिक अध्ययन विषय अन्तर्गत परम्परागत सिप र प्रविधि भन्ने पाठ अध्ययन गर्ने क्रममा परियोजना कार्य निर्माण गरेको छु।

खुर्पी एक परम्परागत प्रविधि हो। पहिले पहिले तरकारीहरू काट्न अहिलेको जस्तो तरकारीहरू काट्ने साधनहरू थिएन। यसको प्रयोग तरकारीहरू काट्न प्रयोग हुन्थ्यो। यस प्रविधिमा तलपट्टि काठ बिँड र माथिपट्टि फलाम हुन्छ। अहिलेको जस्तो विभिन्न तरिकाको चक्कुहरू आउनु भन्दा पहिले यो प्रविधि नेपाली जनजीवनमा महत्त्वपूर्ण भागको रूपमा रहेको थियो। यो प्रविधि प्रयोग गरेर हामी विभिन्न खालका सागसब्जीहरू काट्न सकिन्छ।आ-आफ्ना ठाउँ र संस्कृति अनुसार खुर्पीको फरक नाम र फरक बनोट रहेको रहेको हुन्छ। खुर्पी विभिन्न भेसभुसामा पनि राखिन्छ। जस्ताे: राई ,लिम्बु ,मगर।

खुर्पीलाई विभिन्न भाषामा के भनिन्छ। खुर्पीलाई विभिन्न भाषामा पनि फरक फरक नामले चिनिन्छ। तामाङ भाषामा गुवरे नेवार भाषामा इन्चा  भनिन्छ।

यसलाई हामीले विभिन्न विषयसँग पनि जोडेर अध्ययन गर्न सक्छौ।

सामाजिक अध्ययनमा खुर्पी

खुर्पीको सम्बन्ध हाम्रो विगतसँग जोडिएको छ। खुर्पी हाम्रो दैनिकी जीवनमा नहुने हो भने हामीले हाम्रो हात काट्ने सम्भावना हुन्थ्यो। मैले खुर्पीको बारेमा मेरा छिमेकी हजुरबालाई साेधे ।  उहाँले मलाई भने अनुसार खुर्पी उहाँहरूको पनि बाउ बजे देखि प्रयोग भएको हो रे ! मैले मेरा समुदायमा भएका अरू मानिसहरूलाई पनि सोधे तर ठाउँ अनुसार नाम फरक हुने भएकाले मैले उहाँहरू लाई मैले समान देखाए अनि मात्र चिन्नु भयो। उहाँहरूले मलाई उहाँहरूको भाषामा के भनिन्छ भनेर पनि भन्नुभयाे ।  

नेपाली अध्ययनमा खुर्पी

मैले खुर्पी को बारे धेरै कुराहरू सुनेको छु। नेपालीमा हामीले निबन्ध,कथा ,अनुच्छेद,कविता धेरै कुरा अध्यषन गर्न सक्छौ।त्यस मध्ये म एक अनुच्छेद लेख्छु।

खुर्पी एक पुरानो परम्परागत प्रविधि हो। यसको प्रयोग हालमा कम भए पनि यसलाई हामीले खोज अनुसन्धान गर्नुपर्छ। पहिले पहिले तरकारीहरूलाई काट्ने अहिलेको जस्तो साधन थिएन। त्यस कारण मानिसहरू ले यसको प्रयोग गर्थ्यो। खुर्पी एक नाम पद हो। खुर्पी एक वचनमा पर्छ।

अङ्ग्रेजी अध्ययनमा खुर्पी

In English it is called Khurpii or Sickle. It is used to cutting a vegetable, fruits etc. Khurpii is a espically used in village . It is not used much. It is one of the popular historical tool. It is also uses as a traditional dress in some communities in Nepal.

यो पुरानो परम्परागत प्रविधि हो। यसको प्रयोग हलमा कम भए पनि यसलाई हामीले खोज अनुसन्धान गर्नुपर्छ। यो परियोजना गर्न मलाई मेरा छिमेकीहरू,साथीहरू ,म्याम,सर आदिले सहयोग गर्नु भएको हो। यो परियोजना गर्दा मलाई एक दमै रमाइलो लग्यो । मैले धेरै कुराहरूको पनि जानकारी पाए। यहाँहरूले यसको बारे थप जानकारी वा सुझाव दिई यो परियोजना लाई अझ राम्रो गर्न सहयोग गर्नु हुन समेत अनुरोध गर्न चाहन्छु। 

सम्बन्धित पाेस्ट