डाडु

नमस्कार, मेरो नाम सिर्जना तामाङ हो । म कक्ष ८ मा पढ्छु । मेरो स्कुलको नाम वाणी विलास माध्यमिक विद्यालय हो । म आज डाडुको बारेमा लेख्न गइरहेको छु।

डाडु चैँ एउटा सिल्बर बनेको भान्सा सामाग्री हो । डाडु पहिलेबाट नै प्रयोग गरेको सामग्री हो । डाडुले तरकारी पस्किन प्रयोग गरिन्छ । डाडु आजभोलि बजारमा धेरै प्रकारको पाइन्छ । जस्तै स्टिल, काठ धेरै प्रकारको पाइन्छ । डाडु मेरो घरमा पनि प्रयोग गरिन्छ । जस्तै दाल, तरकारी चलाउन र भात पस्किन । डाडु हाम्रो विद्यालयमा खाजा पस्किन पनि प्रयोग गरिन्छ । डाडु पार्टी प्यालेस र होटेलमा पनि प्रयोग गरिन्छ । डाडु प्राचीन समय देखि चलिआएको सामग्री हो । डाडु गोलो आकारको हुन्छ र कुनै कुनै चेप्टो पनि हुन्छ  डाडु लोकप्रिय भान्छा सामग्री हाे । हामी यसलाई विभिन्न विषयसँग जस्तै नेपाली, अङ्ग्रेजी, सामाजिक, विज्ञान र गणित विषयमा आध्ययन गर्दा हामीले यस प्रकारले लेखेका छु :

English 

A ladle is a large, round, deep, spoon with a long handle used for serving soup, stew or sauce. If you ladle food such as soup or stew, your, serve it, especially with a ladle.

गणित विषय अन्तर्गत अध्ययन गर्दा:

यसको माथिको भाग गोल आकार र समाउने डन्डी हुन्छ । यसमा पुरा क्षेत्रफल पनि निकाल्न सकिन्छ । यसको मूल्य निकाल्न पनि सकिन्छ । यसको गोलो आकारको क्षेत्रफल निकाल्ने फर्मुला 〖2πr〗2 हाे ।

नेपाली विषय अन्तर्गत गर्दा : नेपालीमा मैले नेपाली शब्दकोश हेरे । यसको अनुसार यो 'न सा.दबी, दाल तर्कारी आदि चलाउन वा उदाउने समाउने केही लामो डन्डी भएको कचौरी जस्तो बाटुलो भाँडो' भनिने रहेछ ।

सामाजिक विषय अन्तर्गत गर्दा : डाडु प्राचीन काल देखि चलिआएको एउटा परम्परागत प्रविधि हो । यो दाल, तरकारी, सिस्नु चलाउन प्रयोग हुन्छ ।

यसरी मैले सबै विषय सँग यो परियोजना कार्य जोडे । मलाई यो परियोजना कार्य गर्दा धेरै खुसी लाग्यो । मैले यो कार्य गर्दा धेरै कुराहरू थाहा पाएँ।

सम्बन्धित पाेस्ट